बाहिर चियापसल, भित्र यौनधन्दा
१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ ।
प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले दुईसाताअघि छापा हानी गोप्य यौनधन्दाको पर्दाफास गरेको हो ।‘ग्राहक बाहिर चिया खाएर लाइनमा बस्दा रहेछन्,’ सोह्रखुट्टे प्रभाग प्रमुख इन्स्पेक्टर कवित कटवालले भने, ‘प्रहरीले सुइको नपाओस भनेर यसरी चियापसलको आवरणमा अवैध धन्दा हुने गरेको खुलेको नयाँ पत्रिकामा खबर छ ।
अस्पतालमा पनि यौन धन्दा
चियापसलमा मात्र नभई अस्पतालमा समेत यौनधन्दा हुने गरेको प्रहरीको भनाई छ । ठमेलको ज्याठास्थित एक चिनियाँ अस्पतालबाट केही समयअघि यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । सो अस्पताल अहिले पनि प्रहरीको निगरानीमा रहेको इन्स्पेक्टर कटवालले बताए ।
बाहिर ताल्चा लगाएर धन्दा
ठमेलको नर्सिङकोच भित्र रहेको झझल्को रेस्टुरेन्टमा शुक्रबार बेलुका प्रहरी पुग्दा रेस्टुरेन्टको कोठामा बाहिरबाट ताला लगाइएको थियो । तर, कोठाभित्र बत्ती बलिरहेकेा थियो । सोह्रखुट्टे प्रहरी प्रभागबाट खटिएको टोली रेस्टुरेन्टमा पुग्दा कोठाहरु बन्द रहेको भन्दै रेस्टुरेन्ट कर्मचारीले प्रहरीलाई फर्काउन खोजेको थिए । तर, शंका लागि ढोका खोल्न लगाउँदा युवायुवती रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले रेस्टुरेन्टका सञ्चालक प्रमोद श्रेष्ठसहित ६ युवती र एक युवकलाई पक्राउ गरेको थियो । ग्राहक भनेर पुगेका युवा प्रहरीलाई धकेल्दै बाहिर निस्किएका थिए ।



0 comments
Write Down Your Responses