प्रहरीको पेटमा सात महिनादेखि गोलीका छर्रा

डोटी, बैशाख  – डोटी राजापुरको पुनरावेदन अदालतका हवल्दार हरिबहादुर बोहराको पेटमा सात महिनाअघि लागेको गोलीका छर्रा अझै छन् ।
नेपालगञ्ज वडा प्रहरी कार्यालयमा हुँदा नचिनेका मानिसको समूहले हानेको गोलीको छर्रा आर्थिक अभावमा निकाल्न सक्नुभएको छैन ।
२०६९ साल असोज २७ गते राति चेकजाँचका क्रममा नचिनेका मानिसको समूहले गोली हान्दा उहाँलाई लागेको थियो । छर्राले दुखाइराख्ने हुँदा दायाँ कोल्टो मात्र सुत्नुपर्ने उहाँले गुनासो गर्नुभयो ।
६० वटा छर्रामध्ये नेपालगञ्ज नर्सिङ होमले ५४ वटा छर्रा निकालेको र बाँकी ६ वटा निकाल्न राम्रो अस्पतालमा जान सुझाव दिएको बोहराले बताउनुभयो । तर त्यसका लागि धेरै खर्च लाग्ने भएकाले उपचार गर्न नसकेको उहाँको भनाई छ । ‘आफुसंग पैसा छैन सरकारले मतलब गरेन कसरी निकाल्नु ? शन्तिको समयमा पनि घाइते भइयो कसैले हेरेन ।’
गएको मंसिर १५ गते बढुवा भएपनि हवल्दार बनेपनि पेटको छर्रा निकाल्न नसकेकोमा उहाँलाई चिन्ता लागेको छ । ‘हवल्दार त भइयो तर गोलीका छर्रा निकाल्न पहल गरिदिएन देश र प्रहरी संगठनका लागि लागि लडेको उसैले मतलब नगरेपछि अरु कसले हेरिदिने ?’ उहाँले गुनासो गर्नुभभयो ।
सुदुरपश्चिम प्रहरी प्रमुख सुशीलवरसिं थापाले भने यसबारे आफुलाई जानकारी नै नभएको बताउनुभयो । पत्रकारबाट थाहा पाएपनि आफुले सक्ने सहयोग र माथिल्लो निकायमा जानकारी गराउने पनि उहाँले बताउनुभयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.