सुन व्यवसायीले भने -’८५ प्रतिशत सुन कालोबजारीबाट आउँछ, सक्छौ भने कारबाही गर’
१८ वैशाख, चितवन । बहुमूल्य धातु सुनचाँदीको खरिद बिक्रीमा कालोबजारीको आरोप लागिरहेका बेला चितवनका व्यवसायीले बहादुरीका साथ ८५ प्रतिशत सुन कालोबजारबाट भित्रिएको भन्दै राज्यलाई चेतावनी दिए, ‘सक्छौ भने अनुसन्धान गरी कारबाही चलाउ ।’

सुनचाँदी व्यवसायी संघ चितवनका अनुसार अहिले जिल्लामा कोटा प्रणालीबाट साताको दुई किलोमात्र सुन भित्रिन्छ तर माग ७ किलो छ । तैपनि व्यवसायीले ग्राहकलाई सुन बेचिरहेका छन् । ‘अरु सुन कहाँबाट आयो त ?’ पत्रकारको प्रश्नमा रसाइलीको सहज जवाफ थियो, ‘८५ प्रतिशत सुन ब्ल्याकमार्केर्ट (कालोबजार) बाट आएको छ । यो कुरा सरकारलाई पनि थाहा छ ।’
0 comments
Write Down Your Responses