तीन बालबालिकाको रहस्यमय मृत्यु


बाजुराको पाण्डुसैन गाविस-७ का तीन जना बालबालिकाको सोमवार रहस्यमय मृत्यु भएको छ । १४ वर्षीया बिरेन्द्र गुरुङ, १० वर्षीया कलु कुमारी सिहं, ७ वर्षीया अन्जु कार्कीको मृत्यु भएको हो । बिहान बाख्रा चराएर मध्यान्ह्र घर फर्केका उनीहरुले बिरेन्द्रको घरमा नुनसंग भात खाएलगत्तै छट्पटाएका र बेहोस भएको घटनास्थल पुगेका स्थानीय टिका बिकले बताए । बिरेन्द्रको तत्काले मृत्यु भएको र बालिकाहरुलाई झण्डै १५ मिनेटको दुरीमा रहेको स्वास्थ्य चौकीमा पुर्‍याए लगत्तै मुृत्यु भएको बिकले बताए । प्रारम्भिर अनुमान अनुसार विषाक्त खानाकाको कारण ती बालबालिकाहरुको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक ईश्वरीदत्त पाण्डेले बताए । शवको पोष्टमार्टका लागि मंगलवार जिल्ला अस्पताल ल्याइएको छ । 'मृतकहरुले खाएको खानेकुरा संकलन गरेर ल्याएको र परीक्षणपछि मात्रै कारण थाहा हुनेछ' पाण्डेले भने । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.