प्रियंकालाई मानसिक रोग !

प्रियंका चोपडा र रनवीर कपुरसँगै बलिउड मुभी बर्फीमा काम गरेका नेपाली कलाकार भोलाराज सापकोटाले केही समय अघिको अन्तर्वातामा भनेका थिए,’प्रियंका अरुसँग घुलमिल नहुँने खालकी रहेछिन् ।’
बर्फीमा काम गर्दा रनवीरसँग तँ तँ म म को सम्बन्ध बनाएका उनले प्रियंकासँग खुल्ने मौका पाएनन् । किनकी उनको स्वभावै नयाँ कलाकारलाई नगन्ने खालको रहेछ ।
दुई नव कलाकार र नयाँ निर्देशकसँग फिल्ड गुण्डेको सुटिङमा रहेकी प्रियंकाको आफू ठूलो र अनुभवी कलाकार भन्ने भ्रमबाट सुटिङ युनिटका सदस्य आजित बनेका छन् ।
सुटिङको पहिलो दिन नै उनले निर्देशक र नयाँ कलाकारसँग गएर भनिछन्,’मैले ३० फिल्म खेललिसकेँ, तिमीहरु नयाँ हौ । म पुरानो हुँ ।’
यत्ति भन्ने बित्तिकै भर्खरै चलचित्र क्षेत्रमा पाइला टेकेका नव कलाकार रनवीर सिंक र अर्जुन कपुरले उनको बानी थाहा पाइहाले । झन् उनले सुटिङको समयमा आफू अनुभवी कलाकार भएको फूर्ति लाइरहन्थिन् ।
केही दिनअघि चलचित्रबारे जनकारी दिन आयोजित पत्रकार सम्मेलनमा त उनले सबैको सामू भनिदिइन्,’यो गुण्डे फिल्मकै सबैभन्दा अनुवभी कलाकार मै मात्र हुँ ।’
प्रियंकाको यस्तो व्यबहारलाई फिल्म यूनिटका सदस्यले सिनियरिटी कम्प्लेक्सको संज्ञा दिएका छन् । यस्ता व्यक्तिहरुमा आफू ठूलो हुँ भन्ने भ्रम हुन्छ । अरुमाथि आधिपत्य जमाउन खोज्ने उनको व्यबहारका कारण गुण्डे फिल्मकी उनी ठूली गुण्डी बनेकी छन् ।
मेहनती कलाकारसहित गायिकाको समेत छवी बनाएकी प्रियकाको अरुलाई नगन्ने व्यबहारले भने उनका फ्यानहरुको चित्त दुख्ने निश्चित छ ।
(एजेन्सीको सहयोगमा)



0 comments
Write Down Your Responses