बन्दकर्ता पक्राउ
धनगढी, चैत २५ - आज स्थानीय बजारमा जबरजस्ती बन्द गराउँदै हिँड्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय बस बिसौनीमा पसलमा तोडफोड गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बन्दका कारण यहाँ यातायात, शैक्षिक संस्था र व्यापार ठप्प रह्यो। यहाँ हिजोदेखि जारी साहित्यिक महोत्सवलाई मध्यनजर गरी नगर क्षेत्रमा भने मोटरसाइकल र केही सवारी साधनलाई आयोजकहरुले चल्न दिएका छन्। रासस
0 comments
Write Down Your Responses