तपाईंको आजको राशिफल

आज मिती २०६९ साल चैत २६ गते सोमबार , तदअनुसार अप्रिल महिनाको ८ तारिख २०१३ , त्रयोदशी तिथीको राशिफल यस प्रकार छ । मेष (चू चे चो ला ली लु ले लो अ): आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ। वृष (इ उ ए ओ वा वी वु वे वो): हिजोआज राम्रै समय चल्दैछ। तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरु आफैं परास्त हुनेछन्। समयको प्रतिक्षा गर्नु होला। मिथुन (का कि कु घ ङ छ के को हा) : हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ। माया प्रेममा फसिने बेला छ, तपाई धेरै उम्किन प्रयास नगर्नु होला। कर्कट (ही हु हे हो डा डि डु डे डो) : समय मध्यम खालको छ। दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला। सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ। फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने देखिन्न। सिंह (मा मि मू मे मो टा टी टु टे): समय राम्रो छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। कानुनी क्षेत्रतर्फ लागेर काम गर्ने वातावरण बन्ला। समाजले तपाईले गरेका सामाजिक कार्यको मूल्याङ्कन गर्नेछ। कन्या (टो प पी पु ष ण ठ पे पो): समय राम्रो छैन। घरायसी वातावरणमा केही धमिलोपन आउने छ। सामान्य कुराले पनि मन पिरोल्नेछ। मानसिक अशान्ति र बेचैनी हुने योग छ Please generate and paste your ad code here. If left empty, the ad location will be highlighted on your blog pages with a reminder to enter your code. तुला (र री रु रे रो ता ती तू ते) : खराब समय छ। तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ।सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला। मानसिक एवं वौद्धिक ह्रास होला। वृश्चिक (तो ना नी नु ने नो या यि यु) : अति प्रतिकूल समय छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ। बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न। अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला। धनु (ये यो भा भी भू ध फा ढ भे) :राम्रो समयको योग छ। गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ। परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ। धार्मिक कार्यको लागि तपाई स्वयं लाग्नु पर्नेछ। मकर (भो जा जी खी खू खे खो गा गी) : असल समय छ। प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टेफेरेको छ। मनोकांक्षा पूर्ण हुनेछ। समाजमा प्रतिष्ठित व्यक्तिको रुपमातपाईको मुल्याङ्कन हुनेछ। आफन्तबाटभन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ कुम्भ (गू गे गो सा सी सु से सो द) : प्रतिकूल समय चल्दैछ। प्रशासनिक झै– झमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ। प्रेम सम्बन्धमा तिक्तता आउने योग छ। तपाईले भने जस्तो काम सम्पन्न हुन कठिन छ। आफूले ताके अनुरुप काम नबन्नाले दिक्क लाग्नेछ। मीन (दि दू थ झ ञ दे दो चा ची): समय राम्रो छ। अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिकउपार्जन हुने योग छ। नोकरीबाट सन्तोष लिन सकिनेछ। उपहार पुरस्कार आदि मिल्नेछ। आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
0 comments
Write Down Your Responses