मंगलबार पूरक बजेट ल्याउने तयारी

२६ चैत, काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक बर्षको बाँकी तीन महिनाका लागि मंगलवार पूरक बजेट ल्याउने तयारी गरेको छ ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट पारित गर्नका लागि मंगलबार क्याविनेटमा पेश गर्न लाग्नुभएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
क्याबिनेटले बजेट अध्यादेश पारित गरिसकेपछि स्वीकृतिका लागि मंगलबार नै राष्ट्रपतिसमक्ष लैजाने कार्यक्रम रहेको छ । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मंगलबार नै पत्रकार सम्मेलनमार्फत् बजेट सार्वजनिक गर्ने सरकारको तयारी रहेको बुझिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.