कति थरीका चाडपर्व ?
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
३२ साउन, काठमाडौं । इद उल फित्र,
नागपञ्चमी लगत्तै अब छिटै जनै पूणिर्मा र गाईजात्रा पर्व पनि आउादैछ ।
त्यसपछि तीज, दशैं, तिहार, छठ लगायतका पर्व पनि नजिकिन थालेका छन् ।
राष्ट्रियस्तरमा महत्व राख्ने यी चाडपर्व बाहेक स्थानीयस्तरमा हरेक दिनजसो
कुनै न कुनै पर्व परिरहेका हुन्छन् ।चाडपर्व भन्नाले कुनै खास दिन तथा
तिथिमा बिभिन्न जातजातिका तथा समुदायका मानिसले विशेष पर्वको रुपमा मान्ने र
बिभिन्न देवीदेवताहरुको पूजाआजा गरी भोजभतेर खाई नाचगान गरी रमाइलो गर्ने
दिनलाई भनिन्छ ।
धर्मशास्त्रीहरुका अनुसार नेपाली पर्वलाई निम्न भागमा बाँड्न सकिन्छ :
·हर्षोल्लास सम्बन्धी पर्व
: दशमी, सुकराती, जूडशीतल, विवाह पञ्चमी, जानकी नवमी, झूलन, कृष्णाष्टमी,
कात्तिक पूणिर्मा, सरस्वतीपूजा, फागु अर्थात होली, महाबिरी झण्डा आदि ।
·कृषि तथा पशुसम्बन्धी पर्व : नाग पञ्चमी, गबलग्गी, कदपखार, लबान, श्रीपञ्चमी, गोधन, पखेब, जनार आदि ।
·दाम्पत्यजीवन सम्बन्धी पर्व : तीज, मैथली नारीले मनाउने बरिसाइत, तुसारी, मधुश्रावणी, हरिसो, कोजगरा, सोमवारी आदि ।
·दाजुभाइ र दिदीबहिनीबीचको स्नेहसम्बन्धी पर्व : भाइटीका, सामा चकेवा, रक्षाबन्धन आदि ।
·परिवारकल्याण सम्बन्धी पर्व : जितीया, छठी, चौरचन, तिला सकराँती आदि ।
· मातापिताको कल्याण सम्बन्धी पर्व : पितृपक्ष, मातृनवमी, कुशे औंसी, शतबीज छर्ने दिन आदि ।
· पर्यटन पर्व : मिथिला परिक्रमा, पुषी पूणिर्मा, बोलबम यात्रा, सलहेस मेला आदि ।
·विभूति पर्व : शहिद दिवस, विद्यापति स्मृति दिवस, सलहेस जयन्ती आदि ।
· विशुद्ध धार्मिक पर्व : देवोत्थान, निर्जला र हरिशयनी एकादशी, शिवरात्री, अनन्तपूजा, माघ सप्तमी, वकपञ्चक, जेठ दशहरा आदि ।
नेपालमा प्रचलित चाडपर्व, मेलापात, जात्रा
र परम्परालाई राष्ट्रिय, बहुजिल्ला तथा जिल्लास्तर, सहर, नगर तथा
गाउास्तरमा गरी विभाजन गर्ने गरिएको छ ।
राष्ट्रिय पर्व : नयाँ
वर्ष विक्रम संवत्को पहिलो दिन, राम नवमी, चैते दसैं, बुद्ध जयन्ती, साउन
सङ्क्रान्ति, नागपञ्चमी, जनैपूणिर्मा, कुसेऔँसी, ऋषिपञ्चमी, बडादसैँ,
तिहार, नेपाल संवत् प्रारम्भको दिन ९म्हपूजा०, छठपर्व, हरिबोधनी र हरिशयनी
एकादशीहरू, बालाचतुर्दशी, विवाह पञ्चमी, माघे सङ्क्रान्ति, स्वस्थानी
पूणिर्मा, श्रीपञ्चमी, होली, महाशिवरात्रि, घोडेजात्रा, आदि प्रचलित चाडहरू
हुन्।
राष्ट्रियस्तरको मेलापातमा काठमाडौँको
इन्द्रजात्रा (कुमारीको रथयात्रा) जनैपूणिर्मामा मनाइने गोसाइँकुण्ड मेला,
बालाचतुर्दशीमा पशुपति श्लेषमान्तक वनमा सतबिज छर्ने मेला, माघे
सङ्क्रान्तिमा मनाइने देवीघाट मेला, नवलपरासी वाल्मीकि आश्रमको त्रिवेणी
मेला, पनौती इन्द्रेश्वरको मेला, वराहक्षेत्रको मेला, बाराको गढीमाईको
मेला, खोटाङको हलेसी महादेव मेला, स्याङ्जाको छाङ्गछाङ्गदीको मेला आदि
। राष्ट्रियस्तरको जात्रा भन्नाले काठमाडौँको कुमारीको रथ यात्रा र सेतो
मच्छिन्द्रनाथको यात्रा, घोडेजात्रा, पाटनको रातो मच्छिन्द्रनाथको जात्रा,
भोटोजात्रा आदि ।
राष्ट्रियस्तरको परम्परा भन्नाले हरिशयनी
र हरिबोधिनी एकादशीहरूमा स्नान गरी व्रत बसी पूजाआजा गर्ने, फलाहार गर्ने,
मातृऔँसी र गोर्कणऔँसीमा आमाबाबुको मुख हेर्ने र आमाबाबुहरूलाई मीठोमीठो
खाने कुराहरू ख्वाउने र आमाबाबु नभएकाहरूले आमाबाबुको नाममा श्राद्ध गर्ने,
दान दक्षिणा गर्ने, श्रावण सङ्क्रान्ति र माघे सङ्क्रान्तिमा नुहाइधुवाइ
गरी दानदक्षिणा गरी मीठोमीठो व्यञ्जन खाने र ख्वाउने प्रचलन रहिआएको छ।
जिल्ला तथा बहुजिल्लास्तरका चाडपर्व :
काठमाडौँ उपत्यकाभित्र मनाइने गाईजात्रा
अथवा जनैपूणिर्मा, बौद्धमार्गीहरूले मनाउने पञ्चदान पर्व, भाद्र शुक्ल
चतुर्थीमा मनाइने गणेश चतुर्थी (चथा), घण्टाकर्ण (गठाःमो), धान्य पूणिर्मा
(योःमरी पुन्ही) आदि । तराईमा मधेसी समुदायले मनाउने छठपर्व र पहाडी
जिल्लाहरूमा गुरुङ, शेर्पा र तामाङहरूले मनाउने ल्होसार चाड, क्षेत्री
बाहुनहरूले मनाउने तीज (ऋषिपञ्चमी) थारूहरूले मनाउने “माघीपर्व’, सरस्वती
पूजा (श्रीपञ्चमी) आदि ।
मकवानपुरका चेपाङहरूले भदौ पूणिर्माको
दिन ुचोनामु पर्व मनाउँछन्। पूर्वका राईहरूले वैशाखे चाड, भदौरे चाड,
कार्तिके चाड र चण्डी चाड मनाउँछन्। सतारहरूले सौहराई र वहा मनाउँछ।
धिमालहरूले असारमा ‘नौवंगी’ र ‘पार्व’ मनाउँछन्। शेर्पाहरूले ल्होसार,
दुम्जे र मनिरिम्दु पर्वहरू मनाउँछन्। गुरुङहरूले वैशाख चण्डी पूणिर्माको
दिन ठूलो चाड मनाउँछन्। थारूहरूले माघे सङ्क्रान्तिका दिन ‘माघी पर्व
मनाउँछन्। पश्चिमका बाहुन क्षेत्रीहरूले गौरा पूजा पर्व मनाउँछन्। मुस्ताङ
जिल्लाका लोवाहरू गिने, न्युने, गेन्सु र गेलुङ्ग पर्वहरू मनाउँछन् भने
थकालीहरू ‘हल्लाफेवा’ र पुनेलहरू ‘यार्तुङ्ग’, ‘हृयोकासी’ र मनीरिम्दु चाड
मनाउँछन्। किराँत लिम्बूहरूको मूख्य चाड पर्वहरू चार ऋतुसँग सम्बन्धित छ।
ती हुन् चासोक, यक्वा, कक्फेत्ला र सिसेक्ला।
तामाङहरूको मुख्य बसोबास क्षेत्र बागमती
अञ्चल भए पनि यिनीहरू नारायणी, कोसी, मेची र सगरमाथामा पनि ठूलो सङ्ख्यामा
छन्। यिनीहरूको मुख्य जात्रा चैते पूणिर्माको अघिल्लो दिन र पूणिर्माको दिन
स्वयम्भू र बौद्धमा लाग्ने तिमाल (पर्व) जात्रा हो। यो जात्रा मनाउन भारत,
भुटान र वर्मादेखि तामाङहरू काठमाडौँ आउँछन्। तराईका मुसलमानहरूले मनाउने
चाड रोजा, इद र मुर्हरम हुन्।
जिल्ला तथा बहुजिल्लास्तरका मेलापातहरूमा
भक्तपुरको बिस्केट जात्रा (भैरवको रथ यात्रा) पाटनको मत्याजात्रा (दीप
जात्रा), जनकपुरमा मनाइने जानकी विवाह पञ्चमी मेला, काठमाडौँका
बौद्धमार्गीहरूले महिनाभर स्वयम्भूमा मनाउने गुँला मेला, बाइसधारा मेला
(ल्हुतीपुनी), दोलखा, पाटन र भीमफेदीको भीमसेन जात्रा, बनेपाको चण्डेश्वरी
जात्रा, ठिमीको सिन्दूरे जात्रा (बालकुमारी जात्रा) चाँगुनारायणको जात्रा,
पलाञ्चोक भगवतीको जात्रा, काठमाडौंमा कार्तिक शुक्ल द्वादशीका दिन मनाउने
बूढानीलकण्ठ नारायणस्थान मेला, कीर्तिपुरको इन्द्रायणीको जात्रा आदि हुन्
भने पाल्पाको भगवती जात्रा र सत्यवतीमाईको मेला, तानसेनको नारायणको जात्रा,
भीमसेन जात्रा र गणेश जात्रा, पोखरामा गाईजात्राको अवसरमा मनाइने बाघ
जात्रा, सल्यान जिल्लाको छायाँछत्र पिठ मेला, गुल्मीको रिडीको कार्तिक मेला
र ऋषिकेशव नारायणको रथ यात्रा, प्यूठानको स्वर्गद्वारीको मेला, सल्यानको
चपीघाट मेला, तिव्रीकोटको स्वामी कार्तिक ठाकुरज्यूको मेला, दैलेखको
पञ्चकोसीको मेला, दाङको गोरक्ष-रत्ननाथ पिठमेला, कैलालीको वाणेश्वर महादेव
मेला र बडा बाबा मेला, डोटीको शैलेश्वरी मेला र दुर्गामाण्डौँ मेला,
कञ्चनपुरको सिद्धनाथ बाबाको मेला, वालुङको कालिका भगवती स्थान मेला र वलेवा
पैयुँपाता भैरवस्थान मेला, जलेश्वर महादेव मेला, ढोरपाटन उत्तर गङ्गा
वराहस्थान मेला, जङ्गेश्वर महादेव मेला, हटिया बजार मेला र चैत्रदसैँको
देवीस्थान मेला, जाजरकोटको मष्टोमेला, डडेल्धुराको घटाल जात्रा, बैतडीको
राणा शैनी भगवतीको मेला, मेलौली भगवती मेला, तेह्रथुमको गौखरी मेला, झापाको
किचक कुण्ड मेला, सतासिधाम मेला, दार्चुलाको जोलजीवीको मेला, आछामको
वरददेवीको मेला, बाजुराको बडीमालिका मेला, धादिङको गुप्तेश्वर महादेव मेला,
पर्वतको सेतीवेणी मेला र मोदी वेणी मेला र गुप्तेश्वर मेला, नुवाकोटको
दुप्चेश्वर मेला, खोताङको वराह पोखरी मेला, हलेसी महादेव मेला, ओखलढुङ्गाको
तीनकन्या पञ्चवती मेला, इलामको माईवेणी मेला र माई पोखरी मेला, बझाङको
सुर्मादेवीको जात्रा, सिन्धुलीको कुशेश्वर महादेव मेला, रौतहटको राजदेवीको
मेला, रुकुमको डिङ्ग्रे मेला, तनहुँको व्यास गुफा मेला र खड्ग देवीको मेला,
सिराहको सहलेश फुलवारीको मेला, बाराको सिमरौनगढको कङ्काली माईको मेला,
सप्तरीको हनुमानजीको मेला आदि हुन्।
नगर, शहर र गाउँहरुमा प्रचलित चाडपर्व, मेलापात, जात्रा तथा परम्परा त सयौं छन् ।
|
0 comments
Write Down Your Responses