एमाओवादी मुख्य सचिवलाई मातृ शोक
पोखरा , चैत्र २६ - एमाओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेलाई मातृशोक परेको छ ।
पाण्डेकी ८१ वर्षीया आमा सामकुमारीको सोमबार पोखरामा मृत्यु भएको हो । उनका ४ छोरी र दुई छोरा छन् । उनको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी झन्डा र पुष्पगुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली दिए ।
दाहाल मंगलबार बागलुङमा हुने सभा र पार्टीको आन्तरिक प्रशिणका लागि सोमबार पोखरा आएका हुन् । उनी सोमबार राती पोखरामै बसेका छन् ।

0 comments
Write Down Your Responses