हिमाल शर्मा थाङ्नामा सुते

१६  बैशाख, काठमाडौं । राजधानीस्थित कान्तिपुर डेन्टल कलेजमा विहीबार सम्पन्न विद्यार्थी कार्यकारिणी परिषद्को चुनावमा अच्युत भट्टले सभापति पद जिते । विपक्षी विद्यार्थी थामसिङ्ग वाङ्दूलाई ५९ मतविरुद्ध १ सय १९ मत ल्याएर अच्युतले चुनाव जितेपछि अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्माले आफ्नो संगठनले प्रचण्ड बहुमतले जितेको दाबीसहित फेसबुकमा स्टाटस लेखे ।himal
एमाले अखिलका अध्यक्ष माधव ढुंगेलले पनि आफ्नो संगठनले जितेको र क्रान्तिकारीले हारेको फेसबुकमा लेखे । त्यसपछि शुरु भयो डेन्टल कलेजको चुनावी परिणामको विषयलाई लिएर क्रान्तिकारी र एमाले अखिलका नेतावीच दन्तबझान । आइतबार दिनभर भट्ट एमाओवादी हुन् कि एमाले हुन् भन्ने विषयमा निकै ठूलो विवाद भयो ।madhav
अखिल क्रान्तिकारीका नेता मदन अर्यालका अनुसार सभापति पदका विजेता भट्ट ६/७ महिना अघिसम्म एमाले अखिलमा आवद्ध थिए । ‘अच्युतजी ६/७ महिनाअघि नै अखिल क्रान्तिकारीमा प्रवेश गरिसक्नुभएको थियो, तर एमालेका साथीहरुले थाहै पाउनुभएन छ र उहाँले जित्नासाथ एमालेले जितेको दाबी गर्न थाल्नुभयो ।’-अर्यालले अनलाइनखबरसँग भन्नुभयो- ‘तर, भट्टजी क्रान्तिकारीको कार्यकर्ता हो, दुईवटा सीटबाहेक डेन्टल कलेजमा सबै सीटमा हामीले जितेका हौं ।’
उता एमाले अखिलका अध्यक्ष माधव ढुंगेलको दाबी अर्कै रह्यो । ‘भट्टजी अहिले मेरै साथमा हुनुहुन्छ, उहाँ एमाले अखिलकै कार्यकर्ता हो ।’ अध्यक्ष ढुंगेलका साथमा भट्टको मोवाइल नम्बरसमेत सुरक्षित छ । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले फेसबुकमा दोहोर्याएर लेखे- ‘एमालेका साथीहरुलाई अच्युत भट्टले धेरै पहिले एमाले अखिल छोडी अखिल क्रान्तिकारीमा प्रवेश गरेको पत्तै रहेनछ । सबैजना पुरानो हाडी ढुकेर बसिरहन्छन् भन्न्ो भ्रम त्यागांै मित्रहरु ।’
के हो वास्तविकता ?
डेन्टल कलेजको चुनावमा कोही पनि विद्यार्थी नेविसंघ, अनेरास्ववियू या क्रान्तिकारीमा विभाजित भएर लडेका थिएनन् । ‘हाम्रा दुईवटा प्यानल थिए, एउटा वाङ्दूको र अर्को भट्टको ।’ परिषद्मा निर्वाचित सचिव रामकुमार अधिकारी अनलाइनखबरसँग भन्छन्- ‘हामी यो एमाले र यो माओवादी भनेर लडेका थिएनौं । तर, चुनाव सकिएपछि राजनीतिक आस्थाका आधारमा को कता भन्ने विवाद शुरु भयो ।’
अधिकारीका अनुसार विजयीमध्ये सबै क्रान्तिकारीका नभएर दुईजना एमाले अखिलमा आस्था राख्नेहरु पनि छन् । ‘बाँकी हामी क्रान्तिकारीपट्ट िआस्था राख्नेले जितेका छौं ।’-अधिकारीको दाबी छ ।
कलेजमा एमाले अखिलले नभई क्रान्तिकारीले बहुमत सीट जितेको दाबी गर्दै आइतबार वक्तव्यसमेत जारी भएको छ । तर, सो वक्तव्यमा सभापति जित्ने अच्युत भट्टको हस्ताक्षर छैन ।
भट्ट भन्छन्- म माओवादी होइन
भट्टले क्रान्तिकारीको समेत मत पाएर चुनाव जितेपछि आफू एमाले अखिलको नेता भएको दाबी गरेका छन् । ‘म अनेरास्ववियूको काठमाडौं विश्वविद्यालय कमिटीको कार्यवाहक अध्यक्ष हुँ ।’ – भट्टले अनलाइनखबरसँग भने- ‘म माओवादी वा अखिल क्रान्तिकारी हैन ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.