एउटै कितावको मूल्य साढे दुई अर्ब
अमेरिकामा छापिएको पहिलो पुस्तकको लिलामी यसै वर्षको अन्तमा न्युयोर्कस्थित एउटा लिलाम घरमा हुने भएको छ । लिलामीमा यो पुस्तक करिब ३ करोड डलर यानि साढे दुई अर्ब रुपैयाँमा बिक्री हुने अनुमान गरिएको छ ।
‘दि बे साम बुक’ नामको यो पुस्तक सन् १६४० मा म्यासाच्युसेटमा प्रकाशित भएको थियो । लिलाम हुन लागेको यो अनूदित पुस्तकको जम्मा ११ प्रतिमध्ये एउटा हो । सन् १९४७ मा यो पुस्तक १ लाख ५१ हजार डलरको कीर्तमानी मूल्यमा बिक्री भएको थियो । त्यसपछि यसलाई लिलामीमा राखिएको थिएन ।
त्यसबेला सबैभन्दा महँगो पुस्तकको रेकर्ड जन जेम्सको पुस्तक ‘आडुबान्स ब्रडर्स अफ अमेरिका’को नाममा दर्ता भएको थियो । यो पुस्तक सन् २०१० को डिसेम्बरमा साढे ११ लाख डलरमा बिक्री भइसकेको छ । ‘दि बे साम बुक’ लाई केही तीर्थयात्रीहरूले म्यासाच्युसेटको प्लायमाउथमा कोलोनी बसाएको २० वर्षपछि लेखेका थिए ।
यसका लेखक जन काटन, रिचर्ड माथर र जन इलियट आपूmले लेखेको पुस्तक बेलायतबाट ल्याइएका हिब्रु भाषाका पुस्तकजस्तै होस् भन्ने चाहन्थे । अमेरिकी लिलामी घर सदबीका डेविड रेडेनले भने, ‘दि बे साम बुक पौराणिक रूपमा निकै दुर्लभ पुस्तक हो ।’ यसको प्रिन्टिङ प्रेसका लागि बेलायतमा चन्दा उठाइएको थियो ।
यो पुस्तक सो छापाखानाबाट निस्किएका सुरुआती पुस्तकमध्ये पर्छ । यसका १७ सय मूल प्रतिमध्ये मात्र १७ प्रति विभिन्न अवस्थामा बचेका छन् । बोस्टनको ओल्ड साउथ चर्चको संग्रहबाट यो पुस्तकको लिलामी हुन लागेको हो । चर्चका वरिष्ठ मन्त्री न्यान्सी टेलरले लिलामीबाट उठेको पैसा ऐतिहासिक भवनलाई खुला राख्न र विस्तारमा प्रयोग हुनेछ । यो पुस्तकलाई यसै वर्षको २६ नोभेम्बरमा लिलामी गर्नुअघि अमेरिकाका विभिन्न सहरमा पु-याइनेछ ।
0 comments
Write Down Your Responses