२५ करोड पाउने लोभमा आफ्नै हात काटे दुई युवाले
नाम नखुलाइएका ती युवाले इन्सुरेन्सको २५ करोड पाउनकै लागी आफ्नो हात जानाजान काटेको थाहा पाएपछी इन्सुरेन्स कम्पनीले समेत इन्सुरेन्सको रकम दिन अस्विकार गरेपछी ती युवा रणभुल्लमा परेका छन् । रकम पाउनकै लागी हात नै काटेका ती युवाले हात गुमेको अवस्थामा रकम समेत नआउने भएपछी ‘घरको न घाटको’ हुने भएका हुन् ।
एक युवाले आफ्नो हात काठ काट्ने मेसिनले काटेर कार दुर्घटना परी उक्त हात गुमेको बताउँदै विभिन्न ११ वटा इन्सुरेन्स कम्पनीमार्फत २५ करोड बराबरको रकम दावी गर्दै पुगेका थिए । तर, उनको हातबारे जाँच गर्दा उनको हात कार दुर्घटनामा परी गुमेको नभइ आफैले काटेको प्रमाण भेटिएपछी इन्सुरेन्स कम्पनीहरूले रकमको दावीलाई पुरा गर्न नसक्ने बताएका छन् । जाँचमा ती युवाले आफनो हात काठ काट्ने मेसिनले काटेको प्रष्ट भएको बताइएको छ । कार दुर्घटनामा परेर हात काटिँदा मेसिनले काटेको जस्तो गरी सफासँग हात नकाटिने जाँचकर्ताले जनाएका छन् ।



0 comments
Write Down Your Responses