टीकाटालो गरेर केटा भागेपछि राजमार्ग अवरुद्ध


चितवन । विवाहको टीकाटालो गरेर केटा पक्ष फरार भएको भन्दै पूर्वी चितवनको रत्ननगर-८ पर्सौनीस्थित केटी पक्ष र स्थानीयवासीले पूर्वपश्चिम राजमार्गअन्र्तगत रत्ननगरको बकुल्लहरमा दुई घन्टा सडक अवरुद्ध गरेका छन् । एक्कासि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु भने बीच बाटामै अलपत्रमा परेका छन् । अपराहृन १ बजेदेखि बन्द रहेको राजमार्ग प्रहरीले बल प्रयोग गरी साढे २ बजे खुलाएको थियो । सडक सुचारु गर्ने क्रममा क्रममा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा केही सामान्य घाइते भएका छन् । रत्ननगर-३ वेल्सी निवासी सुजन खनालले रत्ननगर-८ पर्सौनी बस्ने निशा ढकालसँग विवाहका लागि गत फागुन ३० गते टीकाटालो गरेका थिए । यही वैशाख ११ गते विवाह गर्ने दिन तोकिए पनि केटा बिनाकारण सम्पर्क बाहिर रहेपछि आक्रोशित केटी पक्षले सडक अवरुद्ध गरेका हुन् । केटालाई झिकाउनुपर्ने माग गर्दै केटी पक्षले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । टीकाटालो गरेको दुई दिनपछि स्वयम् केटाले केटीलाई फोन गरेर “त्यो केटा अरु नै केटी लिएर भाग्यो, अब तिमी आˆनो सुर गर” भनेर फोनसमेत गरेको केटीका काका रामबाबुले बताउनुभयो । रासस भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.