जन्तीको ट्याक्टरले कुल्चिएर बालकको मृत्यु

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


वीरगञ्ज - पर्साको बैरियाबिर्तामा जन्तीको ट्याक्टरले किचेर ११ वर्षे बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार वडा-६ का दुर्जन महराका छोरा रामाशंकर महराको मृत्यु भएको हो। जन्तीमा आर्केष्ट्राको बाजा बोकेर आएको ट्याक्टरले फर्कने क्रममा राति बालकलाई कुल्चेको अनुमान प्रहरीको छ। छिमेकी गाउँ रामनगरीबाट बैरियाका नरेश राउत कुर्मीको छोरीको बिहेको जन्तीलाई मनोरञ्जन गर्न राति आर्केष्ट्रा नचाइएको थियो। आर्केष्ट्रा हेर्न गएका बालक रामाशंकर बिहान सामेयाना बेरिएको अवस्थामा मृत फेला परेका थिए। उनको मुखबाट रगत निस्केको थियो। नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको पोष्टमार्टममा मृतक बालकको पेट र छाती भित्रका अन्द्रुणी अंगहरु फुटेको भेटिएको छ। 'पोष्टमार्टम हेर्दा पेट माथिबाट कुल्चिएको देखिन्छ,' प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले भने, 'कसैले थाहा नपाउन भनेर सामेयानामा लास लुकाएको जस्तो छ।' आर्केष्ट्रा सकिएपछि त्यसका बाजा लिएर फर्केको ट्याक्टरले निदाएको बालकलाई कुल्चेको हुनुपर्ने उनले बताए। बेहुला र बेहुलाका बाबु, बेहुलीका बाबु लगायत फरार छन्। प्रहरीले २ वटा ट्याक्टर र आर्केष्ट्रा समूहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.