बाढी पीतिडलाई राहत बाड्न पूर्व राजा ज्ञानेन्द्र धनगढीमा

७ साउन, काठमाडौं । दार्चुलाका बाढी पीडितहरुलाई राहत बाड्न पूर्व राजा ज्ञानेन्द्र साह परिवारका सदस्यहरुसहित कैलालीको धनगढी पुग्नु भएको छ । निर्वाचन आचार संहिता लागू भएको दिनै ज्ञानेन्द्र राहत बाड्न सुदूरपश्चिम लाग्नु भएको हो ।

ज्ञानेन्द्र पत्नी कोमल, बुहानी हिमानीका तीन छोरा-छोरीसहित परिवारसँगै सोमबार अपराहृन बुद्ध एयरको विमानबाट धनगढी पुग्नु भएको हो । ज्ञानेन्द्रलाई हिमान ट्रस्टका अध्यक्ष एवं बुहारी हिमानी र समर्थकहरुले स्वागत गरेका छन् ।

ज्ञानेन्द्रले ९ गते बाढी प्रभावित दार्चुला पुगेर राहत वितरण गर्ने कार्यक्रम छ । ‘हिमानी ट्रस्टले राहत वितरण गर्ने कार्यक्रममा सहभागी हुन उहाँ धनगढी जानु भएको हो’ ज्ञानेन्द्रका सहयोगी फडिराज पाठकले अनलाइनखबरसँग भन्नुभयो । १० दिने भ्रमणका क्रममा ज्ञानेन्द्र ११ गते टिकापुर र १३ गते महेन्द्रनगर जाने कार्यक्रम तय भएको छ ।

ज्ञानेन्द्रले हिमानी ट्रष्टमार्फत २५ लाख रुपैयाँ बाढी पीडितलाई दिने घोषणा गर्नु भएको थियो । ट्रष्टले पनि राहत सामाग्री संकलन गरेको छ ।

सोमबारबाट निर्वाचन आचारसंहिता लागू भएको छ नि भन्ने प्रश्नमा पाठकले यो पूर्व निर्धारित कार्यक्रम भएको बताउनु भयो । आचारसंहिता सरकार, राजनीतिक दल र सञ्चारमाध्यमसँगै गैरसरकारी संस्थाहरुलाई पनि लागू हुन्छ ।

सोमबार नै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर आचारसंहिताले बाढी पीडितलाई राहत वितरणमा रोक लगाएको बताएको छ । राहत सरकारको माध्यमबाट मात्र वितरण गर्न सकिने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले बताउनु भयो । राहत बाड्न भनेर ज्ञानेन्द्रलाई भन्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले कुनै जवाफ दिनु भएन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.