इरानमा भूकम्प, ३७ को मृत्यु
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> २८ चैत, तेहरान । दक्षिण इरानको बुसेहर प्रान्तमा मङ्गलबार अपरान्हमा गएको ६.८ रेक्टर भूकम्पमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ । भूकम्पबाट अन्य ८ सय ५० जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । बुसेहर प्रान्तका गभर्नरका अनुसार भूकम्पबाट करिब ७ सय वटा घर क्षतिग्रस्त भएको छ भने पानी र विद्युत् आपूर्ति समेत बन्द भएको छ । भूकम्पपछि सर्वसाधारण नागरिक फेरी भूकम्प आउने डरले सडकमा बसिरहेका बताइएको छ । भूकम्पको केन्द्रविन्दु आसपासकै इलाकाको १२ किलोमिटर गहिराईमा २८.४८ डिग्री उत्तरी आक्षंश र ५१.५८ पूर्व देशान्तारमा रहेको जनाइएको छ । भूकम्पको कम्पन बहराइन, संयुक्त अरब इमिरेटस र कतारमा समेत महसुस गरिएको समाचारमा जनाइएको छ । रासस/सिन्हृवा भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses