बन्दशत्रमा जोगी छिरेपछि कांग्रेसमा हंगामा

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

२८ चैत, काठमाडौं । चुनावी एजेण्डा बनाउन नवलपरासीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रको शुरुमै जोगीलाई अतिथि बनाएर भाषणसमेत दिन लगाएपछि हंगामा भएको छ ।
KamalNayanSwamiमंगलबार बिहान करिब साढे १० बजेतिर बन्दसत्रका लागि महासमिति सदस्यहरु हलमा प्रवेश गर्ने क्रम सुरु भयो । शीर्ष नेताहरुकै लहरमा जोगीलाई देखेपछि प्रतिनिधिहरु आश्चर्यमा परे । नपरुन् पनि किन ? । सभापति सुशील कोइरालाकै दाँयातर्फ बरिष्ठ नेताजसरी बसेका थिए पण्डित कमल नयनाचार्य ।
राजनीतिक शक्तिसँग नजिक रहन चाहने पण्डित कमल नयनाचार्यले प्रवचनसमेत दिएपछि नेता र कार्यकर्ताहरु रीसले आगो भएका थिए । ‘बन्दसत्रको सुरुमा नै पण्डित कमल नयनाचार्यलाई बोलाइएको रहेछ, हामी पनि आश्चर्यमा पर्‍यौं ।’ एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई भने- ‘हामीले किन बोलाएको भनेर सोध्यौं ।’
केन्द्रीय सदस्यका अनुसार बन्दसत्रमा नयनाचार्यको आगमन आकस्मिक थिएन । महासमिति बैठकस्थलमै रहेको नयनाचार्यको आश्रम प्रयोग गरेको भन्दै उनलाई बन्दसत्रमा प्रवचनको सुविधा दिइएको हो ।
पण्डित कमल नयनाचार्य शक्ति केन्द्रका नजिक रहन चाहने जोगी हुन् । राजतन्त्र रहँदासम्म राजाको नजिक रहेका उनी पछि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजिक पुगेका थिए । उनले प्रचण्डलाई ल्वाङको मालासमेत लगाइदिएका थिए । उनीसँगको भेटपछि प्रचण्डले अध्यात्मवाद र भौतिकवादलाई जोड्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
बाग्लुङ घर भएका ४७ वर्षीय कमल नयनाचार्यले गत वर्षको यसै महिना देवघाट, मुक्तिनाथलगायतका स्थानमा गाईको दूध चढाउन रातो हेलीकोप्टर प्रयोग गरेका थिए । उनी मुक्तिनाथ पीठाधीशसमेत हुन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.