विश्वको सबैभन्दा हलुका र पातलो स्मार्टफोन
स्मार्टफोनको दुनियामा मोबाइल फोन निर्माता कम्पनी अल्काटेलले नयाँ इतिहास बनाएको छ । भारतीय कम्पनी अल्काटेलले विश्वमा सबैभन्दा हलुका तथा पातलो स्मार्टफोन निर्माण गरी र्सार्वजनिक गरेको छ । कम्पनीका दुइ नयाँ वन टच सिरिजका प्रडक्ट भारतमा र्सार्वजनिक गरिएको हो । दुइ मध्ये एक विश्वको सबैभन्दा स्लिम हो र अर्को सबैभन्दा हलुका मोबाइल फोन हो ।
टिसिएल कम्युनिकेसनको कम्पनी अल्काटेलका दुइ प्रडक्टमा एक न्यू एन्ड्रोइड वन टच आइडोल अल्ट्रा विश्वको सबैभन्दा पातलो मोबाइल फोन हो भने वन टच आइडोल सबैभन्दा पातलो मोबाइल फोन हो । अल्काटेलले अर्को वर्षो जनवरी सम्ममा यी दुइ मोबाइल बजारमा पठाउने योजना बनाएको छ । यी स्मार्टफोनको भारतीय बजारमा मूल्य बढिमा २१ हजारदेखि कम्तीमा १५ हजार ८ सय सम्म पर्ने बताइएको छ ।
अल्काटेल वन टच आइडोल अल्ट्रा ६.४५ मिलिमिटर पातलो छ । यसमा १२८० गुणा ७२० पिक्सेल डिस्प्ले रिजोलुसन छ ।
यो फोन एन्डोइड ४.१ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ भने १.२ गिगाहर्जको डुअल कोर प्रोसेसर तथा एक जिबी र्याम रहेको छ ।
साथै यसमा एउटा ८ मेगापिक्सेलको क्यामरा छ जसले फूल एचडी भिडियो खिच्न सक्छ । अर्को क्यामरा १.३ मेगापिक्सेलको छ भने १६ जिबीको इन्टरनल मेमोरी रहेको छ ।
0 comments
Write Down Your Responses