चिडियाखानामा एकै दिन १० हजार भन्दा बढी दर्शक

२५ चैत, काठमाडौं । ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा शनिबार एकैदिन १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । अवलोकन गर्नेहरुमा विद्यार्थीको संख्या धेरै रहेको चिडियाखानाले जनाएको छ ।
अरु सामान्य दिनमा ३ हजार र शनिबारको दिन ५ हजारसम्मले अवलोकन गर्ने गरेकोमा हिजो शनिबार दर्शकको संख्या झण्डै दोब्बरले बढेको हो । अर्को हप्ता नयाँ वर्षको दिन अवलोकन गर्नेको संख्या अझ बढ्ने चिडियाखानाकी व्यवस्थापक सरिता ज्ञवालीले जानकारी दिनुभयो ।
zoo-1
‘स्कूल, क्याम्पस बन्द हुने समय भएकाले हरेक अप्रिल महिनामा दर्शकको संख्या बढ्ने गरेको छ’ ज्ञवालीले भन्नुभयो । राजधानी घुम्न आउने सबैको आकर्षण जाउलाखेलको सदर चिडियाखाना बन्दै आएको छ । अझ केटाकेटी र विद्यार्थी बढी चिडियाखाना आउने गर्छन् ।
१९८९ सालमा जुद्ध शम्सेरले निजी प्रयोजनका लागि बनाएको चिडियाखाना २००७ सालको परिवर्तनपछि सर्वसाधारणका लागि खुला गरिएको थियो । चिडियाखानामा ८ सय जीवजन्तु राखिएका छन् ।
zoo-2
वन्यजन्तुको अवलोकनसँगै डुंगा चढ्ने, खेल्ने, घुम्ने र चौरमा बसेर खाजा खाने सुविधा समेत भएकाले राजधानीका अरु खुला ठाउँ भन्दा चिडियाखानामा दर्शकको आकर्षण बढ्ने गरेको छ ।
zoo-3
zoo-4

0 comments

Write Down Your Responses

Powered by Blogger.