विष सेवन पछि आमा र छोरीको मृत्यु


दाङ, २६ चैत । दाङमा विष सेवन पछि आमा र छोरीको मृत्यु भएको छ । विष सेवन पछि गम्भीर घाईते आमा र छोरीको उपचारका क्रममा मृत्यु भएको हो । सोमवार राति मानपुर–२, सन्नेवाकी २१ वर्षीया सानु चौधरीले आफ्नी एक वर्षीया छोरीलाई विष खुवाएर आफूले पनि ज्यान दिएको प्रहरीले जनाएको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुल्न नसकेको प्रहरी भनाई छ । बिष सेवनबाट गम्भीर बिरामी भएका आमा र छोरीलाई राति नै उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही लैजाँदै गर्दा बाटोमा मृत्यु गएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.