भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
कर प्राणली बलियो पार्न काठमाडौंका घर नक्सा डिजिटाइज्ड गर्ने तयारी
Powered by Blogger.
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> काठमाडौं, चैत २८-काठमाडौँ महानगरपालिकाले आउँदो वैशाख २ गतेदेखि महानगरभित्र निर्माण गरिने घरका नक्सालाई कम्प्युटरमा डिजिटाइज्ट गर्ने भएको छ। महानगरपालिकाले नक्सा प्रणालीलाई व्यवस्थित बनाएर कर प्रणालीलाई पनि पारदर्शी बनाउने उद्देश्यले नयाँ सफ्टवेयरको तयारी गर्न लागेको हो। महानगरपालिका नक्सा शाखाका प्रमुख उत्तर रेग्मीले वैशाखबाट सेवाग्राहीलाई अनलाइनमा फारम उपलब्ध गराउने र सो फाराम भरेपछि त्यसैमार्फत नक्सा दर्ता हुने र डिजिटाइज्टको प्रक्रिया सुरु हुने बताए। उनका अनुसार महानगरभित्रका सम्पूर्ण वडा (३५ वटै वडा) लाई नयाँ सफ्टवेयरको सञ्जालमा जोड्नका लागि आवश्यक कार्य गरिने र भवनको नक्सा निर्माण गर्न चाहने सम्बन्धित व्यक्तिको फाइल बनाएर फोल्डरमा नक्सासम्बन्धी सूचना राख्ने व्यवस्था गरिने छ। सम्बन्धित जग्गाधनी तथा भवन निर्माणको संरचना तयार पार्ने इन्जिनियरले ड्राफ्ट गरेका नमुनालाई पनि सुरक्षित गरिने र दूरसञ्चार, खानेपानी, बिजुलीलगायतका लाइन एजेन्सीलाई पनि महानगरपालिकाको सञ्जालमा ल्याउन समन्वय गरिने छ। सम्बन्धित व्यक्तिका नागरिकता लालपूर्जालगायतका आवश्यक सामग्रीलाई स्क्यान गरिने व्यवस्था मिलाइएको छ। यी सम्पूर्ण कार्य ६ महिनाभित्रमा पूरा गरिने छ। यो(डिजिटाइज्ट) प्रक्रिया अनन्त कालसम्म सुधार गर्दै लैजानुपर्ने भए पनि सफ्टवेयर तथा आवश्यक सामग्री निर्माण र तालिमका लागि ६ महिनासम्म युएनडिपीले सहयोग उपलब्ध गराएको छ। प्रमुख रेग्मीले यस किसिमको व्यवस्था सफल भएमा आगामी दिनमा भौगोलिक सूचना प्रणाली (जीआइएस)मा समेत जान सकिने बताए। सो प्रणालीअन्तर्गत महानगरभित्र बसेर आवश्यक व्यक्तिका घरको संरचना, क्षेत्रफलसमेत खोज्न सकिने छ। राससभिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses