गरिव अर्थमन्त्रीले मागेजति पुर्‍याउन सक्दैन’

१५ बैशाख, काठमाडौं । गरिव देशको गरिव अर्थमन्त्रीले मागेजति पुर्‍याउन नसक्ने मन्त्री शंकरप्रसाद कोइरालाले बताउनुभएको छ । आइतबार घरेलु विकास समितिका प्रमुखहरुको लागि आयोजित योजना गोष्ठिलाई सम्बोधन गर्दै उहाँले मागेजती सबै सेवा-सुविधाहरु पुर्‍याउन नसक्ने बताउनुभएको हो ।
sanker-koiralaउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहनुभएका कोइरालाले राम्रो काम गर्नका लागि स्रोत साधनभन्दा पनि कर्मचारीको इच्छाशक्ति र उच्च मनोबल पहिलो सर्त भएको बताउनुभयो । ‘अहिलेको अवस्थामा औद्योगिकरण र उत्पादनमुखी अर्थतन्त्रको विकल्प छैन’ उहाँले भन्नुभयो- ‘दुर-दराजमा पुगेर यसको जग हाल्ने काम घरेलु विकास समितिले गदैं आएको छ ।’
मुलुकभित्र औद्योगिक क्रान्तिको गति खरायो शैलीमा नभएर कछुवा गतिमा बढेको बताउँदै मन्त्री कोइरालाले भौतिक सुधार सँगसँगै कार्यसम्पादनमा पनि सुधारको आवश्यकता रहेको बताउनुभयो । उद्योग सचिव कृष्ण ज्ञवालीले सय जनामध्ये २४ जना भोको रहनु परेको यथार्थबीच घरेलु उद्योग बस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो । नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष सुरेशमान प्रधानले घरेलु उद्योगले उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । समितिका देशभर ४८ वटा शाखा कार्यालय छन् ।
अर्थतन्त्र चलायमान बनाउन पूर्ण बजेटको तयारी
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार पूर्ण बजेटको तयारीमा रहेको बताउनुभएको छ । जापानी प्राध्यापक रियोकिची हिरोनोसँग आइतबार अर्थमन्त्रालयमा भएको भेटवार्तामा उहाँले निजी क्षेत्रसँगको सहकार्यबाट विश्वका थुप्रै देशले विकासको फड्को मारेको हुँदा नेपाल पनि त्यही बाटोमा अग्रसर रहेको बताउनुभयो ।
हिरोनो विगत पाँच दशकदेखि नेपालको विकासमा सक्रिय रहँदै आउनुभएको छ ।
भेटवार्तामा अर्थमन्त्री कोइरालाले चुनाव तथा सुशासन वर्तमान सरकारको प्राथमिकता रहेको बताउनुभयो । प्राध्यापक हिरोनोले कर्मचारीहरु मुलुकको स्थायी नीति निर्माताहरु प्ानि भएकोले उनीहरुले नेतृत्व गरेको सरकार प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा नेपालका लागि जापानका आवासीय राजदूत कुनिओ ताकासाकी को पनि उपस्थिति थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.