मंसिर पहिलो साताभित्रै निर्वाचन हुन्छ : पौडेल
१५ वैशाख, चितवन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मङ्सिरको पहिलो साताभित्र संविधानसभाको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ । पौडेलले निर्वाचनको मिति निर्वाचन हुनभन्दा एक सय दिनअघि तोकिने बताउनुभयो ।
आइतवार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पौडेलले नेपाली जनतालाई संविधानसभाबाट संविधान चाहिएकाले निर्वाचन हुने बलियो आधार त्यही नै हो भनी जवाफ दिनुभयो । एमाओवादी अध्यक्षको भारत भ्रमणबारे उपसभापति पौडेलले उहाँ कुनै सरकारी अथवा कुनै अख्तियारी प्राप्त व्यक्ति नभएकाले एक नेपाली सरह विदेश जानु नौलो कुरा भएन भन्नुभयो ।बिपीका चिन्तनका विषयमा प्रशिक्षण दिन २७ जना प्रशिक्षक तयारी गर्ने उद्देश्यका साथ आइतवारदेखि नवलपरासीको गैँडाकोटमा प्रशिक्षण कायक्रम सुरु हुँदैछ ।
प्रशिक्षण कार्यक्रम गैँडाकोटमा आयोजना हुने भएपनि त्यसको औपचारिक उद्घाटन भने नारायणगढको नारायणी कलामन्दिरमा दिउँसो गरिँदै छ । उपसभापति पौडेलको स्वागतमा काँग्रेस चितवनका नेता तथा कार्यकर्ताले विमानस्थलबाट कार्यक्रम स्थलसम्म र्यालीको समेत आयोजना गरेका थिए । रासस
0 comments
Write Down Your Responses