मलेसियामा एक नेपालीले आत्महत्या गरे
२६ चैत, क्वालालम्पुर । मलेसियामा सोमवार विहान एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । कन्चनपुरको रैवार विजुवा-२ घर भई पोटकेलाङमा रहेको गि्रन रिवर कम्पनीमा कार्यरत अन्दाजी २३ वर्षका श्रीराम कडायकले झुण्डिएर आत्महत्या गरेका हुन् । विहान ८ वजे सवै साथीहरुसंगै उनी पनि कम्पनी गएका थिए । तर, उनी कम्पनीवाट कसैलाई थाहा नदिईकन होस्टलमा फर्किएर आएका थिए । कम्पनीका साथीहरु दिउँसो १२ वजे खानाखान होस्टलमा आउदा उनले डोरीको पासो लगाएर होस्टलमै झुण्डिएर आत्महत्या गरिसकेका थिए । १० महिना अगाडि मात्रै रोजगारीको लागि मलेसिया आएका उनको परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् । उनको शव पोसमार्टको लागि प्रहरीले स्थानिय अस्पतालमा लगेको सोही कम्पनीमा कार्यरत सरद केसीले जानकारी दिएका छन् ।
0 comments
Write Down Your Responses