विश्वभरी मनाइयो सिरानी युद्ध दिवस (फोटोफिचर )
नेपालमा रङ र पानीले छ्यापाछ्याप गर्दै होली केही दिनअघि मात्र होली मनाइएको थियो ।
हाम्रो होली लाई सम्झाउने गरी सिरानी युद्ध दिवस विश्वका विभिन्न देशमा मनाइएको छ ।
६ अपि्रलका दिन मनाइएको दिवसमा कपासे सिरानीले एक अर्कालाई हिर्काएर युवायुवतीले विश्वका विभिन्न सहरमा खुसी साटासाट गरेका छन् ।
दिवसका अवसरमा अमेरिकाको वासिंटन देखि लिएर नेदरल्याण्डको एम्सटर्डम, स्विजरल्इाण्डको जू्रिच लगायतका सहरका सडकमा सिरानी तथा कपासले हानाहान गर्ने युवायुवतीको भिड नै लाग्यो ।
साथै लण्डनको ट्राफल्गर स्क्वाएरमा पनि युवायुवतीहरु सिरानी युद्धमा भाग लिए ।
सिरानी युद्ध दिवस पाँच वर्षदेखि विश्वका विभिन्न देशमा मनाउने गरिएको छ ।
0 comments
Write Down Your Responses