सरकारले १० लाख स्वयंसेवी परिचालन गर्दैछ : मुख्यसचिव पौडेल

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

चितवन,वैशाख २- देश विकासका लागि सरकारले दशलाख स्वयंसेवी परिचालन गर्न लागेको सरकारका मूख्य सचिव लीलामणी पौडेलले बताएका छन्। बाबुराम भट्टराई सरकारले ल्याएको स्वयंसेवी परिचालन अभियानलाई अहिलेको सरकारले पनि अगाडी बढाउन थालेको उनले जानकारी दिए। स्वयंसेवीमा हुनुपर्ने गुण स्काउटमा भएकाले त्यसमा सहभागी हुन मुख्य सचिव पौडेलले आग्रह गरे।
चितवनको टिकौलीमा भएको दोस्रो अन्तरार्ष्ट्रिय स्काउट ज्याम्बोरीको समापन गर्दै उनले स्काउटको स्वयंसेवी गुण विकासमा लगाउनुपर्ने बताए। आफैँ पनि स्काउट रहिसकेका मुख्य सचिव पौडेलले बालबालिकामा अनुशासनको गुण भरेर योग्य नागरिक निर्माण गर्ने कार्य सराहनिय रहेको सुनाए।
'राष्ट्रिय स्वयंसेवा अभियान र स्काउटको मूल उदेश्य उस्तै हो उनले भने उस्तै गुण देशमा र्छन स्काउटले दशलाख स्वयंसेवीमा उनीहरुका गुण भर्ने अभियानमा सहभागिता जनाउनु पर्छ। ' नयाँ नेपाल निर्माणका क्रममा बाटो,पुल,पुलेसा निर्माणका लागि एकवद्ध हुने गुण समाजमा छर्नपनि स्काउटको सहभागिताले सहयोग गर्ने अपेक्षा उनले गरे।
मानिसको जीवनमा आइपर्ने थ्री डी अर्थात डर्टी, डेन्जर र डिफिकल्टसँग सामना गर्ने साहस ज्याम्बोरीले विकास गरेको आशा उनले व्यक्त गरे। नेपाली युवाहरु स्वदेशको माटोमा काम गर्न लाज मान्ने तर विदेशी मरुभूमिमा पसिना बगाउने प्रवृत्तिको अन्त्य स्काउटकै शिक्षाबाट हुन सक्ने पौडेलले दाबी गरे। परिश्रमी युवाका हातलाई अबको पुस्ताले नेपालमै सिंच्नुपर्ने बताउँदै मुख्य सचिव पौडेलले तबमात्र विकास सम्भव हुने बताए।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.