अध्यक्ष रेग्मीको पुख्र्यौली घर नजिकै बम

पोखराथोक–६, धोबाबीस्थित रेग्मीको घरबाट करीव ३० मिटर उत्तरपूर्वमा आज (सोमबार) विहान कुकर बम भेटिएको प्रहरीले जनाएको छ । बम रहेको स्थानमा नेकपा (माओवादी) क्रान्तिकारी नाम लेखिएको पर्चा भेटिएको छ ।
पर्चामा संविधानसभा चुनावको मिति घोषणाको बिरोध गरिएको छ । घर नजिकै शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
त्यस लगत्तै पुगेको नेपाली सेनाको डिस्पोजल टोलीले बमलाई निष्क्रिय बनाएको छ । बमका कारण सो स्थानमा केही समय त्रास उत्पन्न भएको थियो ।

0 comments
Write Down Your Responses