जुत्ता पनि कस्ता कस्ता ?(फोटो फिचरसहित)

जुत्ता चप्पल आखिर जति सुकै राम्रो भए पनि खुट्टामा नै लगाउने हो । जुत्ता धेरै राम्रो छ भनेर टाउकोमा लगाउने कुरो हुँदैन । तर खुट्टामा लगाउने चिज भनेर हेला गर्नु पनि त भएन । भनिन्छ जुत्ताको जति इज्जत गरे मान्छेको इज्जत उत्ति बढ्छ रे । जुत्ताले नै मान्छेको हैसियत बताइदिन्छ पनि भनिन्छ । त्यहीँ भएर होला मान्छे सकेसम्म राम्रै जुत्ता लगाउन चाहन्छ ।राम्रा मात्र होइन विभिन्न स्टाइलका जुत्ता समेत बजारमा आउँछन् । विश्वमा अनेकथरी प्रकार तथा स्टाइलका जुत्ता चप्पल बन्ने गरेका छन् ।
11
जर्मनीको लिपजिक शहरको ग्रासी संग्राहलयमा हालै जुत्ताचप्पलको अनौठो प्रदर्शनी भएको छ । उक्त प्रदर्शनीमा विभिन्न १५० जना डिजानरका २ सय भन्दा बढि डिजाइनका जुत्ताचप्पल प्रदर्शनीमा राखिएको छ । जसमध्ये केही डिजाइन निकै अनौठा पनि छन् । प्रदर्शनीमा पप गायिका लेडी गागाले लगाउने खालका जुत्ता देखि लिएर विभिन्न चर्चित डिजाइनरले तयार पारेका जुत्ताचप्पल राखिएको छ । हेरौँ यी अनौठा जुत्ताचप्पल :
10
22 33 44 55 66 77 88 99

0 comments

Write Down Your Responses

Powered by Blogger.