दुर्घटनामा २ को मृत्यु, २७ जना घाइते

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

वैशाख  - आज बिहान भएको छुट्टा छुट्टै दर्घटनामा २ जनाको ज्यान गएको छ । धादिङस्थित नागरिकन्युजकर्मी रामेश्वर कार्कीका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाविस-८ मालिङ्गामा आज बिहान २ बजेतिर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मलेखुबाट बेनिघाट तर्फ जाँदै गरेको बा२४प ७३०५ नम्बरको मोटरसाइकल बिग्रेर राखिएको ना४ख ९५१ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक बेनिघाट-१ का ३६ वर्षीय कृष्णराज सेढाईको मृत्यु भएको हो। मोटरसाइकलमै सवार महेन्द्र सेढाई सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
यस्तै सर्लाहीस्थित नागरिकन्युजकर्मी सन्तोष सिंहका अनुसार यहाँ मध्यराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु र २७ जना घाइते भएका छन्। काठमाडौंबावाट उदयपुर तर्फ जाँदै गरेको यात्रुबाहक बस सर्लाहीको हरिवनमा गति अनियन्त्रित भइ दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको ना२ख ४००२ नम्बरको बस हरिवनस्थित नोचा चौकमा उखु बोकेको टायरगाडालाई उछिन्न खोज्दा अनियन्त्रित भइ पल्टिएको प्रहरी निरीक्षक दिपक न्यौपानेले बताए। समा सवार ४१ यात्रु मध्ये २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
घाइतेहरुको हरिवन अस्पताल र नमुना अस्पतालमा उपचार भइरहेको छ। घाइते ८ जनाको अवस्था गम्भीर रहेको छ। उदयपुर टोक्सीलाका मन्दिप मोक्तान, राजन राई, कल्पना राई, रविन भुजेल, लक्ष्मी श्रेष्ठ, लक्ष्मि घिमिरे, खोटाङका गोपाल खत्री र जइसरा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
यता सर्लाहीको लक्ष्मिपुरमा ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यराति लक्ष्मिपुर९ मा ना४त ७५७ नम्बरको सोनालिका ट्याक्टरको धुरा भाचिँदा भएको दुर्घटनामा नेत्रगञ्ज६ का २६ वर्षीय चालक महेश रायको मृत्यु भएको छ। दुर्घटनामा नेत्रगञ्जका देवेन्द्र राय र रामनरायण राय घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.