घाम, पानी र हावाबाट २० किलोवाट बिजुली !


११ वैशाख, मकवानपुर । कोरियाली विश्वविद्यालयको प्राविधिक सहयोगमा मकवानपुरको ठिंगनमा हावा, घाम र पानीबाट बिजुली निकालिएको छ । मकवानपुरको विकट गाविस मानिने ठिंगनमा कोरियाका ७ वटा विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयका पिएचडी तथा मास्र्टसका विद्यार्थीको प्रयासमा बिजुली निकालिएको हो । कोरियाको सिओल नेसनल युनिभर्सिटीसहित विश्वविद्यालयका प्राविधिक विदार्थीले सहयोग उठाएर मकवानपुरको ठिंगनमा हावा, घाम र पानीबाट फरक फरक रुपमा विद्युत उत्पादन गर्न थालेका हुन् । मितेरी पावरप्लान्ट व्यवस्थापनसम्बन्धी स्थानीइ समितिलाई दुई महिनाअघि यो योजना हस्तान्तरण गरिएको नागरिक दैनिकमा खबर छ । विद्यार्थीले नेपाल सोला ‘भोलेन्टियर कप्र्स’ गठन गरी मकवानपुरमा परियोजना सञ्चालन गरेका हुन् । ३७ विद्यार्थीसहित प्राध्यापक आनसाङ हुनको प्रयासमा ठिंगनमा एक बर्षमा प्राविधिक काम सुरु भएको हो । अहिले हावा, पानी र घामबाट २० किलोवाट विद्युत उत्पादन गरी गाउँमा वितरण गरिएको छ । जसले ठिंगन गाविसको वडा नम्बर ३,६,७ र ९ का २ सय ५० घरधुरीमा विद्युत वितरण गरिएको मितेरी पावरप्लान्ट व्यवस्थापन समिति सचिव जगतबहादुर घलेले बताए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.