रिटायर्ड भएका सचिवलाई तीन गाविस हेर्ने जिम्मेवारी


५ वैशाख, बारा । दुई महिनाअघि नै ‘रिटायर्ड’ बाराका गाविस सचिवले तीन गाविसको काम गर्दै आएको खुलेको छ । सचिव ओमनारायण चौधरीले नरही, करैया र भोडहा गरी तीनवटा गाविसको काम गर्दै आएका हुन् । सामान्य प्रशासन मन्त्रालय, निजामति किताबखानाको वेबसाइटमा ‘रिटायर्ड’ सचिवहरुको सूचीमा चौधरीको पनि नाम छ । वेबसाइटमा २०६९ माघ २० गतेदेखि चौधरीले अवकाश पाएको उल्लेख भए पनि उनले काम गरिरहेका छन् । निजामति कितावखानाबाट चिठी नआएकाले चौधरीलाई अवकाश दिन अप्ठ्यारो परेको जिल्ला विकास समिति बाराले जनाएको छ । बाराका निमित्त स्थानीय विकास अधिकारी सरोज गुरागाईले चौधरीको अवकाश मितिभन्दा बढी काम गरेको थाहा भए पनि अवकाश भने दिन नसकेको बताए । उनले भने, ‘पत्र आएपछि उनलाई अवकाश दिने प्रक्रिया अघि बढ्छ ।’ सचिव चौधरीमाथि गाविसको बजेट अनियमितता गरेको आरोपसमेत लागेको नागरिक दैनिकमा खबर छ । नहरी गाविसको स्थानीय कोषले चौधरीले चार महिनाअघि गाविसको कार्यभार सम्हालेपछि सचिवले आर्थिक बर्ष ०६८/०६९ को आठ लाख रुपैयाँ मनोमानी तरिकाले खर्च गरेको आरोप लगाएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.