कक्षा ‘बंक’ गरे ‘डेटिङ’ गए बोर्ड परीक्षा दिनै नपाउने

भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

२२ चैत, काठमाण्डौं । उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले लगातार कक्षा ‘बंक’ गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने गरी निष्कासित हुने भएका छन् । स्वतन्त्रताका नाममा घरबाट पढ्न हिँड्ने तर कक्षा ‘बंक’ गरेर फिल्म हेर्न तथा ‘डेटिङ’ जाने प्रवृत्ति बढेपछि परीक्षा नै दिन नपाउने गरी निष्कासन गर्ने आचारसंहिता बनाइएको हो । परिषदका अनुमगन तथा कार्यक्रम योजना महाशाखाप्रमुख नारायण कोइरालाको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनमा पाँचपटकसम्म कक्षा बंक गरेमा यस्तो सजाय दिने उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ । आचारसंहितामा मोवाइल, मोटरसाइकल र छोटो मिनीस्कर्टलाई समेत निषेध गरिएको छ। विद्यालयमा हाजिर भइसकेपछि विद्यार्थीले कक्षा बंक गरेको पाइएमा विद्यालयले विभिन्न किसिमको कारबाही गर्न पाउने व्यवस्था गरिएको हो । पहिलो पटक बंक गरेमा विद्यार्थीलाई चेतावनी दिएर अभिभावकलाई जानकारी गराउने, दोस्रोपटकमा पाँचसय रुपैयाँ जरिवाना गरी अभिभावकलाई जानकारी दिने, तेस्रो पटक एक हजार जरिवाना र अभिभावकलाई जानकारी गराउने, चौथो पटक अभिभावकलाई कडा चेतावनी दिएर दुईहजार जरिवाना लिने र पाँचौ पटक पनि बंग गरेमा विद्यालयबाट निष्कासन गरी बोर्ड परीक्षामा समेत सामेल नगराउन सक्ने व्यवस्था गरिएको छ । आचारसंहिता सरोकारवालाले मान्ने उच्च माध्यमिक तहका लागि नेपाल सरकारबाट निर्णय भएको आचारसंहिता सरोकार वाल पक्षले पालना गर्ने प्रतिवद्धता जनाएका छन् । उच्च माध्यमिक शिक्षा परिषदले उच्च माध्यमिक विद्यालयका लागि जारी भएको आचारसंहिता सार्वजनिक गर्न आयोजना गरेको कार्याक्रममा सरोकारवालाले पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रले आचारसंहिताले शिक्षा क्षेत्रमा सकारात्मक नतिजा ल्याउने दाबी गरेका छन् ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.