९८ बर्षका जयपत्ति चेपाङको ओढारमा एक्लो बास

१८ जेठ, मकवानपुर । ठाडो भीरमा छड्के पारेर काटिएको ढुंगा । ढुंगाकै ओढारमा मन्दगतिमा धिपधिप बलिरहेको आगो । आगोमाथि कालो फलामको कराई । कुनै रंगमञ्जको दृश्यजस्तै लाग्उो मानवस्तीको खबर हो यो । भार्ता ४ सिलौंतीस्थित ओढारमा बस्दै आएका छन्, जयपत्ति चेपाङ । सञ्चारकर्मी पुग्दा ओढारबाट धुँवा निस्किरहेको थियो । केश पाकेर सेतै भएका वृद्ध चेपाङ जंगलको बीचमा रहेको ढुंगाको छानोभित्र दैनिकी विताइरहेको कमाण्डर पोष्टमा खबर छ । ‘९८ भए रेँ,’ चेपाङले भने, ‘म त गिठ्ठा उन्नि लागेको ।’ बाहिरी संसारको वास्ता नगरेका उनी मैलो कपडामा भेटिए । गिठ्ठा उसिन्न आगो फुक्दै थिए घोक्रो फुलाउँदै । उनी मकवानपुरको व्यापारीक केन्द्रबाट सात घन्टाको पैदल दूरीमा रहेको ओढारमा बस्छन् । उनका एक नाति भएपनि उनी कहाँ र कस्तो अवस्थामा रहेको उनलाई जानकारी नै छन् । लामो समयसम्म ओढारमा बसेका उनलाई बसोबासको व्यवस्था मिलाउन पहल भइरहेको चेपाङसंघ मकवानपुरले जनाएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.