महिलाहरुले सेक्स गर्नु भन्दा पहिले ढाट्ने पाँच कुरा !

महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ?



१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।

२. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।

३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ । तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।

४. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् ।

५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ । यो अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । होसियार हुनुहोला !
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.