अपहरित शाही १० दिनपछि शकुशल मुक्त

जेठ, नेपालगञ्ज । नेपालगञ्जको धम्बोझीबाट १० दिनअघि अपहरणमा परेका एक युवकलाई प्रहरीले शकुशल मुक्त गराई परिवारको जिम्मा लगाएको छ ।
जुम्ला कानकासुन्दरी-६ घरभई नेपालगञ्ज-१ धम्बोझीमा बस्दै आएका २८ वषर्ीय महेन्द्र शाहीलाई भारतीय प्रहरीको सहयोगमा भारतको नानपाराबाट शुक्रबार नेपाल प्रहरीले अपहरण मुक्त गराएको हो । शाहीलाई शुक्रबार नै पत्रकार सम्मेलन गरी परिवारलाई जिम्मा लगाएको छ ।
गत वैशाख ३० गते मुगु भामवडा गाविसका सुरज भामसमेतका केही व्यक्तिले उनलाई नेपालगञ्जको एक होटलमा खाजा खान बोलाएर भारतको रुपैडिहा पुर्‍याउका थिए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले सो अपहरणमा दोषी देखिएका केहीलाई नियन्त्रमा लिएर अनुसंधान सुरु गरेको बताउनु भयो । ‘सीमा पारीबाट पनि प्रहरीले राम्रो कोपरेशन गरेकोले शाहीलाई सकुशल मुक्त गराउन संभव भएको हो’-उहाँले भन्नुभयो ।
अपहरणमा परेका शाहीले आफुलाई नेपालगन्जको बागेश्वरी हल नजिकैको होटलमा लगेर खाजा खान दिएको र त्यसपछि आँखामा पट्टी बाँधेको अवस्थामा जंगलमा भएको थाहा पाएको बताए । उनले भने-’मलाई होटलमा खाजा खाएको थाहा छ । होसमा आउदा जंगलमा थिए आखामा पट्टी बाँधीएको थियो । खाना दुई समय दिन्थे, कुटेनन तर, मानसिक यताना खुबै दिए । पैसा नदिए मारिदिन्छौ भन्दै धम्क्याउने गर्थे ।’
बैदेशिक रोजगारमा मलेसिया जाने तरखरमा रहेका शाहीका सुरज सामान्य चिनजानका साथी हुन् । उनले सुरज पूर्व सशस्त्र प्रहरीका जवान भएको दावी गरेका छन् । यद्यपी सुरज फरार भएकोले पुष्टि हुन सकेको छैन ।
अपहरणपछि परिवारलाई टेलिफोन गरी १ करोडबाट फिरौती माग गर्दै ५० लाख, २० लाख हुंदै १५ लाख रुपैयाँसम्म माग गरेका थिए । शाहीको अपहरणमा संलग्नको आशंकामा ४ जना अपहरणकारीहरुलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.