तयारी पोसाकका लागि स्वदेश नै ठूलो बजार
काठमाडौं - तयारी पोसाक निकासी गर्ने मुलुक नेपाल आफैले चालु आर्थिक वर्षमा झन्डै सात अर्ब रुपैयाँका पोसाक आयात गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालु आवको नौ महिनामा नेपालले २ अर्ब ७३ करोड रुपैयाँका तयारी पोसाक निर्यात गरेको छ। तर यही अवधीमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरका तयारी पोसाक आयात भएको छ। यो तथ्यांकले तयारी पोसाकका लागि मुलुकमै बजार प्रशस्त भएको देखाएको छ।
em;">तयारी पोसाक उद्योगीले विभिन्न समस्या बेहोरेर पोसाक विश्व बजारका मल्टीब्रान्ड स्टोरमा बिक्री हुन्छन्। तर नेपाली बजारमा भने त्यसको बिक्री नगन्य छ। यहाँ उत्पादन भएका तयारी पोसाकले भने स्थानीय बजार पाउन सकेको छैन। व्यवसायीहरुका अनुसार नेपाली तयारी पोसाकको ब्रान्ड स्थापित नहुँदा अर्बौ रुपैयाँका पोसाक आयात गर्नुपरेको हो। 'तयारी पोसाकका लागि विश्वबजार जानुपर्ने अवस्था छैन। यहाँ नै ठूलो सम्भावना छ,' नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले बुधबार नागरिकसँग भने, 'स्थानीय बजार लिनेतर्फ सोंच बनाउँदैछौ।' उनका अनुसार धोती, कुर्ता सुरुवाल लगायतका पोसाक बाहेक अधिकांश तयारी पोसाक यहाँ बनाउन सकिन्छ।
पछिल्लो समयमा केही व्यवसायीले स्थानीय बजारमा बिक्री गर्न उत्पादन गर्दै आएका छन्। यसले व्यवसायिक रुप भने पाउन सकेको छैन। स–साना मेसिन राखेर उत्पादन गर्नेले यहाँ बिक्री गरिरहेका छन्।
'स–साना मेसिन राखेर सानो परिमाणमा पोसाक बिक्री गरिरहेका छन्। यसलाई संस्थागत गर्न सकिएको छैन,' पाण्डेले भने, 'संस्थागत गर्न सके तयारी पोसाकले विदेशी बजारको मुख ताक्नुपर्दैन्।' गुणस्तरीय र विदेशीजस्तै तयारी पोसाक उत्पादन गर्ने क्षमता यहाँका उद्योगीमा रहेको उनी दावी गर्छन्।
'विश्वबजारको मल्टीब्रान्डमा नेपालमा बनेको तयारी पोसाक बिक्री भइरहेको छ। हामीले उत्पादन गरेको तयारी पोसाक नराम्रो भएको भए ती स्टोरले किन राख्थे होला ?' उनले भने, 'तयारी पोसाक विश्वस्तरकै छ। तर हामीले बजारमा नेपालीको विश्वास मात्रै जित्न नसकेको हो।' अमेरिकाको खुद्रा व्यापार गर्ने ठूलो कम्पनी ग्याप, वालमार्ट, चिल्ड्रेन प्यालेस र किड्स इन्टरनेशनलले नेपाली तयारी पोसाक बिक्री गर्थे। नेपालले समयमा तयारी पोसाक निकासी गर्न नसकेकाले यहाँबाट लिन छोडेका थिए। भारतको ठूलो स्टोर विगबजारमा पनि नेपाली तयारी पोसाक बिक्री हुन्छ। पाण्डेका अनुसार चीन, सिंगापुर, बैंककबाट कपडा र धागो आउँछ ।
'नेपालमा बनेका तयारी पोसाक विदेशबाट यहाँ आयात भएको भन्दा राम्रो छ,' उनले भने, 'तर हामीले नेपाली बजारलाई टार्गेट गरेर सामूहिक पहल गर्न सकेका छैनौं।'
उनका अनुसार नेपालमै तयारी पोसाकले बजार लिन सकेको छैन तर, लुकीछुपी बिक्री भइरहेको छ। विदेशमा बनेको लेभल टाँसेर नेपाली पोसाक यहाँ बिक्री भइरहेको छ। अहिले स्थापित डिपार्टमेन्टल स्टोर, पसल, मलहरुमा नेपाली पोसाक बिक्री हुन्छन्।
'राम्रा डिपार्टमेन्टल स्टोरमा नेपाली तयारी पोसाक बिक्री भइरहेका छने। कपडामा लगाएको लेभल भने विदेशी छ,' एक तयारी पोसाक उद्योगी भन्छन्, 'नेपालमा बनेको भन्दा उपभोक्ताले किन्दैनन् भन्ने सोंचले विदेशी भनेर बिक्री भइरहेको छ।' उनका अनुसार काठमाडौं उपत्यकाको फुटपाथमा बिक्री हुने अधिकांश कपडा नेपालमै उत्पादन भएको हो। ती उद्योगीका अनुसार काठमाडौं उपत्यकाका डिपार्टमेन्टल स्टोर, मल र फेन्सी स्टोर्समा तीस प्रतिशत नेपालमै बनेका तयारी पोसाक बिक्री भइरहेको छ। उनका अनुसार एडिडास, रिवोक, लिभाइज, केल्भिन क्लेन लगायत नाममा यही उत्पादन हुन्छ।
'ब्रान्डेड नामका तयारी पोसाक यही बन्छन्। ती उपत्यकाको मल र डिर्पाटमेन्टल स्टोरमा झुन्डिछन्,' ती उद्योगीले भने, 'उपभोक्ताले विदेशी ब्रान्ड भन्दै किन्ने गरेका छन्।'
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses