अखिल क्रान्तिकारीद्वारा क्याम्पसमा ताला
पाँचथर- त्रिभुवन विश्वविद्यालयले आगामी स्ववियु निर्वाचन सम्पन्न गर्नका लागि जारी गरेको सूचना सार्वजनिक नगरी क्याम्पस प्रशासनले विद्यार्थी भर्ना रोकेको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले पाँचथर बहुमुखी क्याम्पसमा ताला लगाएको छ। त्रिविले आगामी जेठ २३ गते हुने भनिएको स्ववियु निर्वाचन सम्पन्न गर्नका लागि जेठ ३ गतेसम्म विद्यार्थी भर्ना रोक्न परिपत्र जारी गरे पनि पाँचथर क्याम्पस प्रशासनले कुनै पनि विद्यार्थी सङ्गठनलाई जानकारी नै नदिई विद्यार्थी भर्ना प्रक्रिया रोकेको भन्दै शुक्रबार साँझदेखि क्याम्पस प्रशासनमा ताला लगाइएको हो। क्याम्पस प्रशासनले पहिले पनि विद्यार्थी सङ्गठनसँग सहमतिमार्फत स्ववियु निर्वाचन सम्पन्न गरेकाले विद्यार्थी सङ्गठनसँग सहमति गरेर निर्वाचन सम्पन्न गर्ने क्याम्पस प्रमुख खेमनाथ खतिवडाले जानकारी दिए।
0 comments
Write Down Your Responses