रेखा थापाको माओवादी प्रवेश : कसलाई फाइदा ?
४ जेठ, काठमाडौं । नायिका रेखा थापा शनिबार एकीकृत नेकपा
माओवादी पार्टीमा प्रवेश गर्दै गर्दा सिने नगरी एवं राजनीतिक क्षेत्र दुबैतिर एक किसिमको तरंग र प्रतिक्रिया उत्पन्न भएको छ । प्रचण्डले आफ्नो पार्टीलाई फाइदा पुग्ने हिसाब गरेरै नायिका थापालाई पार्टीमा भित्र्याएका हुन् भने थापाले पनि आफूलाई फाइदा हुने हिसाब ननिकाली पक्कै यस्तो निर्णय गरेकी होइनन् । तर, प्रचण्ड र रेखा दुबैको खातामा फाइदा मात्रै छैन, घाटा पनि उस्तै देखिन्छ । आफ्नो सिने करिअर ओरालो लाग्दै गर्दा रेखाले सेफ ल्याण्डिङका लागि यस्तो उपाय अपनाएको विश्लेषण पनि एकथरिको छ । तर, यसअघि नै निर्माता युवराज लामा, निर्देशक तथा कलाकार नीर शाह एकीकृत माओवादीमा सेफ ल्याण्डिङ खोज्दै प्रवेश गरेको उदाहरण सबैमा जगजाहेर नै छ । १२ बर्षदेखि सिने नगरीमा चर्चा र विवाद कमाउँदै आएकी रेखालाई प्रचण्डले पार्टी भित्राउनुका पछाडि आफ्नै कारण होलान् । प्रचण्डलाई लागेको छ कि रेखा थापा जनतामा पि्रय छिन् र उनकै कारणले पार्टीलाई आउँदो निर्वाचनमा फाइदा पक्कै हुनेछ । रेखालाई पार्टी प्रवेश गराउँदै गर्दा प्रचण्डले यो कुराको छनक पनि दिएका छन् । रेखाका केही अन्र्तवार्ता हेर्दा यी महिलाले केही गर्न सक्छिन् भन्ने लागेको प्रचण्डले बताएका छन् ।रेखा थापालाई पार्टी प्रवेश गराउँदा सिने नगरीलाई माया गर्ने जनताको सद्भाव र साथ आफूहरुलाई आउने विश्वास प्रचण्डको छ । प्रचण्डले रेखालाई पार्टीमा उनको हैसियत र क्षमताअनुसारको जिम्मेबारी दिने बताएका छन् । यसैले पनि रेखाले प्रचण्डसँग आफ्नो निकटता बढाएको खण्डमा उनले चुनावमा टिकट नपाउलिन् भन्न पनि सकिँदैन ।जनयुद्धकालमा कुनैखालको साथ नै नदिएकी एक नायिकालाई पार्टीमा राम्रो जिम्मेवारी दिएको खण्डमा प्रचण्डमाथि कार्यकर्ताबाट गुनासो आउन सक्छ । यसैले उनले रेखालाई स्वागत गर्दै गर्दा यो कुराबाट बच्नका लागि थापाको पृष्ठभूमि पनि केलाएका होलान् । प्रचण्डले भने, रेखा थापा पश्चायतकालमा तत्कालीन निरंकुशत सरकारले हत्या गरेका कप्तान यज्ञबहादुरकी नातिनी समेत हुनुहुन्छ । रेखा थापालाई माओवादी पार्टीमा प्रवेश गराउँदै गर्दा प्रचण्डले दिएको यो अभिव्यक्ति कार्यकर्ताको सामु उनलाई पार्टीमा ल्याउनुको अर्थ केलाउनु थियो । चलचित्र बिकास बोर्डमा चलचित्रकर्मीहरुकै विरोधका कारण अध्यक्ष हुन नपाएपछि नायिका थापाका लागि पार्टी प्रवेशले केही राहत र आत्मसन्तुष्टि दिएको होला । तर, नेपालकै चर्चित नायिकाको ट्याग भिरेकी रेखालाई अब माओवादीको कार्यकर्ता भएको ट्याग लाग्नेछ । सिंगो जनताकमे साथ पाएकी रेखालाई अब माओवादीले हाम्री नेतृ भनेर साथ दिनेछन् भने गैर माओवादी समर्थकहरुले उनलाई कम मन पराउन थाल्नेछन् । अन्ततः प्रचण्ड र बाबुरामलाई दाइ र अंकलको संज्ञा दिएरै भए पनि रेखाले आफ्नो राजनीतिक करिअर सुर गरेकी छिन् । राजनीतिमा लागेर समाजसेवा गर्ने रेखाको चाहना पूरा होला या नहोला, त्यो हेर्न बाँकी छ । तर, एमाओवादीमा लागेपछि रेखाको चलचित्रको करिअर भने धरमराएको छ ।

0 comments
Write Down Your Responses