संयोजक भएकै दिन खनाललाई चीन भ्रमणको निम्तो

१ जेठ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएकै दिन चीनले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई बेङजिङ भ्रमणको निम्ता दिएको छ ।
jnचिनियाँ राजदूत उ चुन्ताईले बुधबार खनाललाई भेटी आगामी जुन दोस्रो साता चीन भ्रमणको निम्तो दिनु भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागको तर्फबाट अध्यक्षकेा नेतृत्वमा उच्चस्तरीय भ्रमणको निम्तो दिनु भएको छ’ खनालका स्वकीय सचिव रामबाबु अधिकारीले भन्नुभयो । जवाफमा खनालले निम्तोका लागि धन्यवाद दिँदै पार्टी प्रतिनिधि मण्डलको नेतृत्व गरी आउने बताउनु भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले बैशाख पहिलो साता चीनको भ्रमण गर्नु भएको थियो भने बेइजिङले कांग्रेस सभापति सुशील कोइरालालाई पनि भ्रमणको निम्तो दिइसकेको छ ।
खनालको निवास डल्लुमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा चुनावको तयारी लगायत विषयमा छलफल भएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.