सडक विस्तार गर्न दूतावास बाधक !
१८ जेठ, काठमाण्डौं । काठमाण्डौं
महानगरपालिका भित्र सडक विस्तारमा केही दूतावासहरु बाधक बनेपछि सरकारले
उच्चस्तरमा छलफल अघि बढाउने भएको छ।
सरकारले
लामो समयदेखि दूतावासका अधिकारीहरुलाई अनुरोध गर्दै आए पनि उनीहरुले
बेवास्ता गरेपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बसेको
सडक विस्तारसम्बन्धी बैठकले उच्चस्तरीय छलफल गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका
अनुसार कूटनीतिक मामिलाको विषय भएकाले दूतावासका पर्खाल सीधै भत्काउन
नमिल्ने हुँदा द्विपक्षीय छलफल भइरहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
परराष्ट्रमन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले भने, ‘सडक विस्तारमा
केही दूतावासका पर्खाल भत्काउनुपर्ने भएको छ । हामीले भत्काउनुपर्ने
कारणसहित विवरण सम्बन्धित दूतावासहरुमा उपलब्ध गराइसकेका छौं । यस विषयमा
छलफल पनि भइरहेको छ ।’
अमेरिका, जर्मनी, चीन, जापान, फ्रान्स,
स्विट्जरल्यान्ड, जापान, रुस र अस्ट्रेलियाली दूतावासका पर्खाल सडकमा परेका
छन् । जाउलाखेलमा रहेको स्वीस दूतावासले भने नेपालको विकासप्रक्रियामा
सहयोग पुर्याउने भन्दै स्थान सारेर नयाँ पर्खाल निर्माण गरिसकेको छ ।
|
0 comments
Write Down Your Responses