बंगालको आँधीले नेपालमा हुरी


२ जेठ, काठमाडौं । देशका मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा हुरीबतास चल्न थालेको छ । चर्को घाम र खडेरीसँगैको वषर्ाले केही शितल त भएको छ । तर ठूलो हुरीबतास चल्दा जनजीवन त्रसित हुने गरेको छ । चैतमा चल्ने हुरीबतास अहिले किन त ? ‘बंगालको खाडीमा उत्पन्न आँधीले नेपालमा समेत असर गरेको हो’ मौसम पुर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले अनलाइनखबरसित भन्नुभयो-’उताको मौसमी प्रकृयाले नेपालमा सामान्य असर पर्नु स्वभाविक नै हो ।’ आँधीको असर ठूलो भने नपर्ने उहाँले बताउनुभयो । ‘जमीनसम्म आइपुग्दा आँधीको प्रभाव कमजोर हुन्छ’ रिमालले भन्नुभयो-’भारत, म्यानमार र बंगलादेशमा जस्तो असर नेपालमा पर्दैन ।’ बंगालको खाडीमा उत्पन्न आँधीका कारण प्रभावित मौसम शुक्रबारदेखि सुधार हुने अपेक्षा गरिएको छ । यसैबीच बंगालको खाडीबाट उत्पन्न सामुद्रीक आँधी पश्चिम बंगाल र बंगलादेशको दक्षिणी तटमा पुगेको छ । आँधी १ सय किलोमिटर प्रतिघण्टाको गतिमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आँधीको खतरा बढ्दै गएपछि बंगलादेश, भारत र म्यानमारको तटीय क्षेत्रका लाखौं बासिन्दा बिस्थापित भएका छन् । भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.