स्वीडीस फोटोग्राफरका आँखा सगरमाथाको फोहोरमा
२१ बैशाख, काठमाडौं । सगरमाथामा बढ्दै गएको फोहोर तथा प्रदुषण हटाउन स्वीडीस फोटोग्राफर मार्टिन एडस्टोमले विश्व जगतको ध्यानाकर्षण गर्ने भएका छन् । सगरमाथा क्षेत्रमा खिचेका फोहोरका थुप्राहरुको तस्वीर नेपाल लगायत विभिन्न देशहरुमा देखाएर उनले सगरमाथाको सफाईका लागि विश्व जगतको ध्यानाकर्षण गर्ने भएका हुन् । उनी सगरमाथा क्षेत्रमा बढ्दै गएको फोहोर र प्रर्दुशषणप्रति चिन्तित समेत देखिएका छन् ।
मार्टिनद्धारा खिचिएका ४१ तस्विरहरु शनिबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा प्रर्दशन गरिएको छ । तस्विरमार्फत सगरमाथाको यथार्थ जानकारी दिएर सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने आफ्नो प्रयास रहेको उनले बताए । उनले सगरमाथामा संकलन गरिएको फोहोरको तस्वीर खिचेका थिए । इको हिमाल, सगरमाथा आरोही संघ लगायतका केही संघ-संस्थाले ‘सगरमाथा सफाइ र फोहोरमैला व्यवस्थापन’ अभियानमार्फत त्यस क्षेत्रको फोहोर संकलन गर्ने काम गरिरहेका छन् ।
तस्वीर मार्फत सगरमाथा क्षेत्र आसपासको वातावरण, त्यहाँको चालचलन, सगरमाथामा रहेको फोहोरमैलाको समस्या, फोहोर व्यवस्थापनका लागि लिएका विकल्प र त्यसको सकरात्मक असरहरु झल्काउने प्रयास फोटो ग्राफरले गरेका छन् । उनीद्धारा खिचिएका तस्विर इको हिमाल, सेभिङ माउन्ट एभरेष्ट प्रोजेक्ट र सगरमाथा आरोही संघले संयूक्त रुपमा प्रर्दशन गरेको हो ।तस्वीरहरु सोलुखुम्बु जिल्लाको नाम्चे बजार र कास्की जिल्लाको पोखरामा समेत प्रर्दशन गरिनेछ । तस्विरहरु पोखराको माउेन्टन म्युजियममा १ वर्ष प्रर्दशनीमा राखिने बताईएको छ । इको हिमालका प्रोजेक्ट कोओर्डिनेटर फिन्जो शेर्पा र सगरमाथा आरोही संघका अध्यक्ष वाङ्छु शेर्पाले फोटो प्रर्दशनीले सगरमाथाको सरसफाईमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
0 comments
Write Down Your Responses