समाचार
»
ट्रकको टक्करवाट चिकित्सकको मृत्यु
ट्रकको टक्करवाट चिकित्सकको मृत्यु
२१ बैशाख, बाँके । बाँकेमा ट्रकको टक्करवाट एक चिकित्सकको ज्यान गएको छ । शनिवार विहान भारतीय नम्बर प्लेटको यूपि ३२ पिवि १३४९ नम्बरको कारलाई विपरित दिशाबाट आईरहेको ना ३ ख १६०४ नम्बरको ट्रकले बाँकेको खासखुस्मा-४ गाभरमा ठक्कर दिँदा कारमा सवार भारतको लखनऊ घर भई हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा. दिनेश मिश्राको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका मिश्राको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses