गर्भ बोकाएर भाउजुको र चार बर्षिय नावालक छोरोसहितहत्या गर्ने देवर जेल चलान

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

ताप्लेजुङको सावा गाउ विकास समितिमा चार बर्षिय नावालक छोरोसहित हत्या भएकी कमला साँवाका हत्या आरोपीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कमलाका देवर अमृत कुमार साँवा र देउरानी धनमती साँवालाई जिल्ला न्यायाधीश पशुपति आचार्यको इजलासले कारागार चलान गरेको निमित्त श्रेष्तेदार हरि पोख्रेलले बताउनु भयो । हत्याका अभियुक्त खेजेनिम ३ का सेरे अङछङवो फरार रहेका छन ।



नावालकसहित १३ दिनकी सुत्केरी महिलालाई घाँटी थिचेर हत्या गरेको भन्दै सरकारी वकिल भोला निरौलाले थुनछेक बहसमा अभियोग प्रस्तुत गर्नुभएको थियो । प्रहरीले गरेको स्थलगत अनुसन्धान, डाक्टरको पोष्टमार्टम रिर्पोट, जाहेरी र पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा उनिहरु दोषी रहेको जिकिर वकिल निरौलाको थियो ।

घटना विवरण अनुसार ३७ बर्षिया कमलाको नाक र मुखमा हातले समाती सास थुनेर हत्या गरेको र भाञ्जा शेर र मामा अमृतले खुट्टा टाउको पट्टी समाएर नजिकै रहेको अहेमा खोल्सीमा लगेर फालेको उल्लेख गरिएको छ ।

उनको शरीरका विभिन्न भागमा चोट लागेको पोष्टमार्टम रिर्पोटमा उल्लेख गरिएको छ । आमाको हत्या भईरहदा रुन थालेको चार बर्षिय बालकलाई धनमतिले हत्या गरेको दावी छ । श्रीमानको मृत्यु भएको १५ महिनापछि कमला सुत्केरी भएकी थिइन् । उनलाई गर्भवती बनाएका अमृतले आफ्नो अभियोग लुकाउनकै लागि हत्या गरेको कमलाकी छोरी अञ्जना र छोरा सुमन साँवाले दावी गरेका छन ।

उक्त स्थानमा एकै दिन तीन जनाको मृत्यु र १३ दिनका शिशु बेपत्ता पारिएका थिए । बुहारी र नातीको हत्या पछि कमलाकी बृद्ध सासुको हृदयघात भई मृत्यु भएको थियो । घटनामा बेपत्ता पारिएका १३ दिनको शिशुको भने अझै पत्तो लागेको छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.