तरुनिलाई नक्कली नोट दिएर यौनको प्यास मेटाउने पुरुषहरुको चर्तिकला

तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ । पुरुषहरु आफ्नो यौन तृष्णा मेटाउन नक्कली नोटको साहारा लिन थालेका छन् । एसियाकै रेडलाइट क्षेत्रमध्ये पर्ने पश्चिम बंगालका यौनकमीहरु एउटा अनौठो समस्यामा परेका छन् । उनीहरुलाई ग्रहकले यौन सन्तुष्टि दिएबापत दिएको रकम नक्कली हुने गरेपछि उनीहरु हैरान भएका हुन् । पश्चिम बंगलको सोनागाछीमा १० हजारभन्दा बढी यौनकर्मी कार्यरत छन् ।



पहिले पहिले यौन रोग र एचआईभी एड्सजस्ता रोगबारे चेतना फैलाउने समाजिक संस्थासमेत अहिले उनीहरुलाई कसरी नक्कली नोट चिन्ने भनेर तालिम दिन्छन् । पछिल्ला महिनामा यौन व्यवसायमा संलग्न युवतीहरुसँग ५ सय र हजारका नोटहरु पाउँन थालेपछि प्रहरी प्रशासन पनि अचम्म मा परेको छ । अधिकारीहरुका अनुसार यी नोटहरु बंगलादेशबाट आउँछन् । सोनागाछीका धेरै महिलाको आम्दानी एक सय भारु भन्दा कम छ । झन् यो नक्कली नोट समस्याले उनीहरुलाइै हैरान बनाएको छ । यौनकमीहरु ग्रहक भड्कने र पक्राउ होइने डरले प्रहरीकोमा उजुरी गर्न जना डराउँछन् । हलिे भने यसै सम्बन्धी काम गर्ने शताब्दी जेनाले नक्कली नोट जाँच्ने मेसिन राखेको छ । यौनकर्मी महिलाहरु ग्राहकले नोट दिएपछि तुरुन्त यस मेसिनमा ल्याएर चेक गराउँने गर्छन् । र नक्कली भएमा पुन माग्ने गर्दछन् । यो मेसिन राखिएपछि नक्कली नोटको समस्या २० प्रतिशतले घटेको संस्थाले जनाएको छ । भारतमा यौन व्यवसाय गैरकानुनी भएपनि एक अनुमान अनुसार करिब ३० लाखभन्दा बढी महिला यसमा संलग्न छन् । गैरकानुनी संस्थाहरुभने यसको संख्या अझ बढी हुन सक्ने बताउँछन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.