बम विस्फोट गराउने योजनाकार पक्राउ
सर्लाही- सर्लाही सदरमुकाम मलंगवामा बम विस्फोट गराउने योजनाकारलाई प्रहरीले लामो समय पछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले फरार अभियुक्तलाई पक्राउ गरेको हो। गत असार १९ गते मलगंवामा बम विस्फोट गराउने योजना बनाएका रौतहट माधवपुर–१ का ललन कुमार यादवलाई सादा पोसाकका प्रहरीले सर्लाहीको मानपुरबाट पक्राउ गरेको अपराध अनुसन्धा
न अधिकृत भुवनेश्वर साहले बताए। व्यस्त बजारमा बम विस्फोट गराउने योजना सहित साइकलमा ल्याउदै गर्दा सदरमुकाम नजिकै मुसैलि–२ मा अषाढ १९ गते बिहान साढे ८ बजे बम विस्फोट भएको थियो। साइकलमा बम ल्याउदै गरेका सर्लाही गोरइता–१ का रामविराज राय गइते भएका थिए। साइकलको अगाडी बाँधेर ल्याउदै गरेको प्रेसर कुकर बम विस्फोट हुदा राय घाइते भएका थिए। घाइते अभियुक्त लामो समय सम्म काठमाण्डौमा उपचार गराइ घर फर्केका छन्। पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट शुक्रबार म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीमा भएको विभिन्न अपराधि घटनामा यादव संलग्न हुन सक्ने जनाइएको छ। उनलाई सहयोग गर्ने गिरोह हुन सक्ने प्रहरीको अनुमान छ। यादवसँग मिलेर काम गर्ने केहि अपराधि पक्राउ पर्न बाँकी रहेको सर्लाहीका प्रहरी प्रमुख शरद चन्दले बताए।
0 comments
Write Down Your Responses