राईद्वारा गोली हानी आत्महत्या


खोटाङ- भरुवा बन्दुक प्रयोग गरेर खोटाङमा एक पुरुषले आत्महत्या गरेका छन्।बुइपा–८ का ४० वर्षीय फुलचन भनिने धनराज राईले आत्महत्या गरेका हुन्। मानसिक सन्तुलन ठीक नभएका राईले आज बिहान आफैले चिउडोमा बन्दुक प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजिव बस्नेतले बताए। मानसिक सन्तुलन नभएका उनले यसअघि पनि आत्महत्या गर्ने प्रयास गरेको छिमेकी मनिचन्द्र राईले बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.