युवा संघको नेताहरुलाई चेतावनी-'लोकमान वा पार्टी मध्ये एक छोड'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा विवादित व्यक्ति लोकमानसिंह कार्कीको नियुक्तिको बिरोधमा राजधानी लगायत ठाउँ-ठाउँमा युवा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । आक्रोशित समूहले राजधानीको मिनभवन र पोखरमा सरकारी गाडीमा आगजनी गरेको छ ।
एमाले भातृ संगठन युवा संघले बानेश्वरमा आधा घन्टा चक्काजाम गर्यो । त्यहाँ आयोजित कोण सभामा युवा संघका महासचिव राजीव पहारीले जनआन्दोलनका दमनकर्ता कार्कीको नियुक्तिप्रति बिरोध गर्दै आन्दोलनको कडा कार्यक्रम ल्याइने बताए । उनले शीर्ष नेताहरु पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनाललाई कि लोकमान छाड वा पार्टी छाड्ने चेतवानी दिदैं उनले भने 'दुवैमा एक विकल्प रोज नभए हामीले हटाउने छौं ।'
विद्यार्थीको प्रदर्शन/ नागरिक अगुवा पक्राउ
अख्तियारमा कार्कीको नियुक्ति गरिएको बिरोधमा विद्यार्थी संगठनहरुले राजधानीको विभिन्न भागमा प्रदर्शन गरेका छन् । पोखरामा आन्दोलित बिद्यार्थीले जिल्ला शिक्षा कार्यालय लमजुङको सरकारी गाडीमा आगजानी गरेका छन् ।
प्रहरीले नागरिक अगुवाहरु कनकमणि दिक्षित, शम्भु थापा, मनाव अधिकारवादी चरण प्रसाई तथा जनआन्दोलनका सहिद पुत्र द्रोण लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन जान लागेका बेला पक्राउ परेका हुन् । चारैजनालाई महाराजगंज प्रहरी प्रशिक्षण प्रतिष्ठानमा केही घण्टाको नियन्त्रणपछि मुक्त गरिएको छ ।
विद्यार्थीहरुले राजधानीका कलेजहरु अगाडि प्रदर्शन र चक्काजाम गरेका छन् । शितल निवास अगाडि पुगेर विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । । नेविसंघका प्रवक्ता युपी लामिछानेले ११ बजे विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेर आगामी आन्दोलनका कार्यक्रमबारे निर्णय लिने बताए ।
सरकारी गाडी जलाईयो
लालप्रसाद शर्मा
पोखरा /लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाईएको बिरोधमा आन्दोलित बिद्यार्थीले जिल्ला शिक्षा कार्यालय लमजुङको सरकारी गाडीमा आगजानी गरेका छन् ।
आगलागीबाट गाडीको भित्रि भाग पुरै ध्वस्त भएको छ । तर, समयमै आगो नियन्त्रणमा आएकाले ईन्जिनमा भने कुनै क्षति पुगेको छैन ।
मोटरसाईकलमा आएका दुई जनाले बा १झ ६१०० नम्बरको गाडीमा सृजनाचोकमा आगो लगाएका थिए ।
गाडी अहिले वडा प्रहरी कार्यालय बैदाम लगिएको छ । 'मोटरसाईकल अगाडी तेर्साएर गाडी रोकेर तपाई र गाडीलाई केही गर्दैनौ हाम्रो आज बन्द छ भने' चालक देवीप्रसाद काफ्लेले भने, 'मैले जिशिअ सावलाई जानकारी गराउँदै थिए, एक्कासि आगो लगाईयो ।'
आगोलागेपछि नजिकैको एसबिआई बैंकबाट अग्नि नियन्त्रक स्प्रे तथा स्थानियबासीले पानी हालेर आगो निभाएका थिए । आगो लगाउनेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses