बलात्कृत बालिकाले जन्माएको शिशुको मृत्यु

१६ जेठ, मोरङ । बलात्कारपछि गर्भ बोक्न बाध्य भएकी एघार वर्षीया बालिकाले जन्म दिएको शिशुको मृत्यु भएको छ । झापा खुदनाबारी-१ सिस्नेकी एघार वर्षीया बालिकाले बुधबार कोसी अञ्चल अस्पताल विराटनगरमा जन्माएको छोरोको बुधबार राति मृत्यु भएको हो । विश्वकर्मा थरकी ती बालिकाले गर्भधारण गरेको सात महिनामै शिशुलाई जन्म दिएकी थिइन् । उनले जन्माएको शिशुको तौल १ केजी २०० ग्राम मात्र थियो । समय नपुगी जन्म भएकाले र भेन्टिलेटरमा राखेर उपचार गर्न सम्भव नभएकाले सङ्क्रमण भई शिशुको मृत्यु भएको कोसी अञ्चल अस्पताल प्रसूति विभागका चिकित्सकहरुले जानकारी दिएका छन् । शिशुलाई जन्मदिने एघार वषर्ीया बालिका भने बुधबार नै अस्पतालबाट घर फर्केकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी विराटनगरस्थित एबिसी नेपाल नामक महिला अधिकारवादी गैरसकारी संस्थाको सरक्षणमा छिन् । बालिकालाई बलात्कार गर्ने नातामा आफ्नै भिनाजु पर्ने सोही ठाउँका सुरेन्द्र विश्वकर्मा भने अझै फरार छन । रासस भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.